नेभिगेशन
अन्य

भुकम्प प्रभावित ११ जिल्लाका ११ गाविसमा स्मल टाउन बनाउने सुजाताको घोषणा

बिराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले भूकम्प प्रभावित ११ जिल्लाका ११ वटा गाउँमा घरहरु बनाइदिने घोषणा गरेकी छिन् । बिराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि उनले आफ्नै खर्चमा भूकम्प प्रभावित क्षेत्रका ११ जिल्लाका ११ गाउँमा ‘स्माल टाउन’ निर्माण गर्ने घोषणा गरेकी हुन् । आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा रहेको जीपी कोइराला फाउण्डेसन मार्फत एघार वटा गाविसका ११ गाउँलाई सुविधा सम्पन्न रुपमा निर्माण गर्ने कोइरालाले घोषणा गरेकी हुन् । सुजाता सो संस्थाकी संयोजक समेत हुन् । प्रेस युनियन मोरङले अयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले एघार गाविसमा बाटो, पुलपुलेसा, स्वास्थ्य चौकी, विद्यालय, विद्युतदेखि अन्य भौतिक पूर्वाधारलाई समेत मध्यनजगर गर्दै घर निर्माण गरिदिने जानकारी दिइन् । नेतृ कोइरालाले भूकम्पबाट बढी क्षति पुगेको गाविस छनोट गर्ने बताउँदै सहयोग र निर्माणमा विदेशी दाताबाट समेत सहयोग प्राप्त हुने जानकारी दिइन् । सरकारले सकेसम्म पीडितलाई राहत दिने काम गरिहेको भन्दै कोइरालाले सरकारको बचाऊ गरिन् । उनले अहिले सरकारलाई धेरै चुनौती भएका बेला उसको विरोध गर्नुभन्दा सबैले सहयोग पुर्‍याउनुपर्नेमा जोड दिइन् । भूकम्पमा राहत वितरण गर्नेदेखि पुनःनिर्माणको काम चलिरहँदा पनि संविधान निर्माणको गति भने रोक्न नहुने कोइरालाले बताइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्