काठमाडौं । विनाशकारी भूकम्पबाट सात हजार २ सय ७६ को मृत्यु भएको छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार घाइतेको संख्या १४ हजार ३ सय ६२ पुगेको छ ।
यस अवधिमा १० हजार ६ सय ८० सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् भने १४ हजार ६ सय ७७ घर तथा भवन आंशिक क्षति भएका छन् । सर्वसाधारणका एक लाख ९० हजार ६ सय ६४ घर पूर्णरुपमा क्षति भएका छन् भने एक लाख ७३ हजार ५ सय ४७ घर आंशिक क्षति भएको जनाइएको छ ।
जनगणना २०६८ सालका अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २ सय २४ घरधुरीमध्ये ७.११ प्रतिशत घर क्षति भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ८ सय २९ को मृत्यु भएका छन् भने काठमाडाँैमा एक हजार २ सय जनाले ज्यान गुमाएका छन् ।