नेभिगेशन
नेपाल समाचार

एक्सपर्ट फाउन्डेसनद्वारा भूकम्प पिडितलाई राहत वितरण

सिड्नी । शैक्षिक क्षेत्रमा परामर्स सेवा पुर्याउँदै आएको एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजले हालै एक्सपर्ट फाउन्डेसन मार्फत नेपालको नुवाकोट जिल्लाको बागेश्वरी र फलाटे गाविसका भूकम्प पिडित करिब २ सय घरपरिवारहरुलाई राहत सामग्री वितरण गरेको छ । अस्ट्रेलियामा विधिवत रुपमा दर्ता भएर नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रका बालवालिकाहरुमा सहयोग गर्ने हेतुले फाउन्डेसनले च्यारिटीको कार्यक्रम अगाडि बढाएको हो । नेपालमा पिडितहरुले समयमा नै राहत तथा उद्वार नपाएको अर्यालले नेपाल न्युज अस्ट्रेलियालाई बताए । उनले भने –राहतका सामग्री सम्बन्धित ठाउँमा पुगेपनि दलगत रुपमा कुरा नमिल्दा ढिलाई भएको छ । नुवाकोटका दुर्गम गाउँमा राहत सामग्री लिएर पुगेका अर्यालले पिडितहरुको अवस्था निकै दर्दनाक रहेको बताए । उनले भने– “सयांै घरहरु पूर्ण रुपमा भत्किएका छन् । त्रिपालको अभावको कारण खुल्ला आकासमुनि कष्टकर रुपमा रात विताइरहेको छन् ।” expert foundation help2 प्रारम्भमा अस्ट्रेलिया रहेका एक्सपर्ट शाखाहरुबाट जम्मा गरिएको १० हजार अस्ट्रेलियन डलरबाट भूकम्प पिडितहरुलाई राहत वितरण गरिएको उनले जानकारी दिए । सो फाउन्डेसनले पहिलो चरणको राहत वितरण अन्र्तगत टेन्ट, म्याट, ब्ल्याकेट, टर्च लाइट, चाउचाउ, बिस्कुट, चिउरा, साबुन, टुथ पेस्ट, भाडाकुडा लगायत फस्ट एडका सामग्रीहरु वितरण गरेको थियो । दोस्रो चरणको राहत वितरण कार्यक्रमका लागि फाउन्डेसनका सदस्यहरुको मिटिङबाट छिट्टै अर्को कार्यक्रम तय गर्ने अर्यालले जानकारी दिए । Expert Foundation help सो फाउन्डेसनमा एक्सपोर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजका डाईरेक्टरद्वय संजीव शर्मा, बद्री अर्याल, मेलवर्न शाखाका सरोज शर्मा, ब्रिसवेन शाखाका सागर अर्याल तथा एडिलेट शाखाका रुपक बर्तौला लगायत एक्सपर्ट एजुकेसन टिमका अस्ट्रेलिया र नेपाल गरि करिब ७० जना स्टाफहरुले यसमा हातेमालो गर्दै अगाडि बढेका छन् । ।expert foundation help3 सो फाउन्डेसनले नेपालमा भूकम्पले ध्वस्त बनाएको कुनै एक विद्यालयको भवन निर्माण गरिदिने फाउन्डेसनका संजीव शर्माले नेपाल न्युज अस्ट्रेलियालाई बताए । यस अघि पनि एक्सपोर्ट एजुकेसनले व्यक्तिगत तवरबाट नेपालमा करिब ३० भन्दा बढी बालवालिकाहरुलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । समाजसेवाको कामलाई अझ बढी प्रभावकारी तथा व्यवस्थित गराउनको लागि एक्सपर्ट फाउन्डेसन मार्फत जान लागेको शर्माले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्