नेभिगेशन
अन्य

भूकम्पले लोमान्थाङ दरबार चर्कियो

मुस्ताङ । भूकम्पका कारण मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार चर्किएको छ । दरबारको चारैतर्फका भाग चिरा परेको छ भने वरपरका गुम्बा जीर्ण बनेका छन् । दरबारभित्र रहेका छयादेन गुम्बामा बढी क्षति पुगेको छ । करिब १५औँ शताब्दीतिर निर्माण गरिएका दरबार र गुम्बा भत्किने अवस्थामा पुगेपछि तत्काल मर्मत गर्नुपर्ने देखिएको छ । सरकारले ऐतिहासिक दरबार र गुम्बाको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा अहिले समस्या आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । प्रमुख जिल्ला अधिकारी नरहरि बरालले लोमान्थाङ दरबारसहित गुम्बा र मठमन्दिरमा करोडौँको क्षति पुगेको जानकारी दिए । । भूकम्पका कारण जिल्लामा ३१२ घर तथा भवनमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसमा ६० घर तथा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने बाँकीमा आंशिक क्षति पुगेको छ । माटोले निर्माण गरिएका कारण अधिकांश सरकारी कार्यालयको भवन चर्किएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्