नेभिगेशन
अन्य

भुकम्प पिडितलाई आएको राहत राइस मिलको गोदामबाट बरामद

भैरहवा । नेपालका भूकम्प पीडितका लागि भारतबाट ल्याइएको राहत सामाग्री भैरहवाको एउटा राइस मिलबाट बरामद भएको छ । भारतको वाराणसीमा रहेको कैलाशपुरी सेवा आश्रमबाट यूपी ६३ जे ९१०० नम्बरको ट्रकमा आएको सो राहत सामाग्री सिद्दार्थ नगरपालिका ४ मा रहेको आचार्य राइस मिलबाट बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त राइस मिल हिन्दु स्वयमसेवक संघ नेपालका सञ्चालक हेम शर्माको हो । बरामद गरिएको सामानमा ५० क्विन्टल चना, एक सय कार्टुन बिस्कुट, तीन क्विन्टल चिया पत्ति, २० कार्टुन फ्रुटी, १० झोला दूध, एक सय थान कम्मल र टेन्ट बनाउन प्रयोग गरिने १५ थान ठूला पाल रहेको रुपन्देहीका एसपी राजेन्द्र ढकालले जानकारी दिए । राहत लुकाएको थाहा पाएपछि घटनास्थलमा जम्मा भएका स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् । मिलका सञ्चालक शर्माले भने गाडी चालकले राहत लैजान नसक्ने बताएपछि आफ्नो गोदाममा थन्क्याइएको बताएका छन् । राहत सामाग्री गाडीबाट झिकेर गोदाममा थन्क्याई चाबी लगाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्