नेभिगेशन
अन्य

ट्रमा सेन्टरमा दुई सयको उपचार जारी

काठमाडौँ । शनिबारको भूकम्पमा परी घाइते भएकामध्ये २०० जनाको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरअस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालको आपत्कालीन कक्षमा १० जनाको उपचार भइरहेको छ । काठमाडौँ, सिन्धुपाल्चोकसहित विभिन्न जिल्लाबाट उपचार गर्न आएकामध्ये गम्भीर प्रकृतिका घाइतेलाई विशेष गरी टाउको, छाती तथा नशामा विशेष चोट लागेको छ । अस्पतालमा आएका घाइतेको निःशुल्क उपचार भइरहेको र केही हिजोदेखि घर जान थालेका वरिष्ठ चिकित्सक डा सन्देश दाहालले बताए । डा दाहालले भर्ना भएका घाइतेमध्ये ८० प्रतिशतमा हाडजोर्नी, अन्यको टाउको र छातीमा चोट लागेको जानकारी दिए । यसैबीच, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ट्रमा सेन्टरमा उपचार गरिरहेका घाइतेलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । साथै उनले आफ्नो पार्टीले भूकम्पपीडितको उद्धारका लागि सक्दो सहयोग गर्ने बताउँदै पीडितको उद्धार, आर्थिक सहयोग तथा राहतको पहल गर्न पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे । ट्रमा सेन्टरमा दुई सयको उपचार जारी काठमाडौँ । शनिबारको भूकम्पमा परी घाइते भएकामध्ये २०० जनाको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरअस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उक्त अस्पतालको आपत्कालीन कक्षमा १० जनाको उपचार भइरहेको छ । काठमाडौँ, सिन्धुपाल्चोकसहित विभिन्न जिल्लाबाट उपचार गर्न आएकामध्ये गम्भीर प्रकृतिका घाइतेलाई विशेष गरी टाउको, छाती तथा नशामा विशेष चोट लागेको छ । अस्पतालमा आएका घाइतेको निःशुल्क उपचार भइरहेको र केही हिजोदेखि घर जान थालेका वरिष्ठ चिकित्सक डा सन्देश दाहालले बताए । डा दाहालले भर्ना भएका घाइतेमध्ये ८० प्रतिशतमा हाडजोर्नी, अन्यको टाउको र छातीमा चोट लागेको जानकारी दिए । यसैबीच, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ट्रमा सेन्टरमा उपचार गरिरहेका घाइतेलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । साथै उनले आफ्नो पार्टीले भूकम्पपीडितको उद्धारका लागि सक्दो सहयोग गर्ने बताउँदै पीडितको उद्धार, आर्थिक सहयोग तथा राहतको पहल गर्न पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्