नेभिगेशन
अन्य

भूकम्पपीडितलाई सान्त्वना दिन राजनीतिक दलका नेता गाउँ–गाउँमा

ललितपुर । गत शनिबारको भूकम्पबाट प्रभावित स्थानमा राहत सामग्री वितरणलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दलका नेता गाउँ–गाउँ पुगेका छन् । भूकम्पबाट घरगोठ र पशुपक्षीे क्षति भएर निराश भएका भूकम्पपीडितलाई सान्त्वनारुपी मलहम लगाउन राजनीतिक दलका नेता तथा कार्यकर्ता गाउँपसेका हुन् । नेपाली काँग्रेस ललितपुरका सचिव रविन्स शर्माले आमनागरिकलाई जतिसक्दो छिटो राहत सामग्री पु¥याउने काम तीव्र रुपमा भइरहेको बताए । पीडितहरूका लागि पठाइएका राहत सामग्री उचित तवरले बाँडिएको छ वा छैन भन्ने हेतुले गाउँ÷नगरमा अनुगमनका लागिसमेत राजनीतिक संयन्त्रको परिचालन भइरहेको उनले बताए । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने १९ गाविस अत्यधिक मात्रामा क्षति भएकाले उक्त क्षेत्रका लागि आवश्यक राहत सामग्री पु¥याउन जरुरी भएको उनले बताए । नेताहरुको उपस्थिति गाउँ÷नगरमा न्यून भएको आरोपबारे खण्डन गर्दै सचिव शर्माले विपद्को समयमा सबैलाई धैर्य गर्न अनुरोध गरे । उनले सकेजति नेताहरुको उपस्थिति सबै ठाउँमा भइरहेको बताउँदै प्रभावित क्षेत्रमा जाँदा राहत सामग्री लिएरमात्र जानुपर्ने भएकाले केही ढिला भएको स्वीकार गरे । उनले पार्टीका सबै भ्रातृसंस्थालाई पीडितहरूको सहयोगार्थ परिचालन गरिएको जानकारी दिए । नेकपा एमाले जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले भूकम्पमा परेर घाइते भएकाहरुको उद्धार पहिलो प्राथमिकता भएकाले नेता तथा कार्यकर्ताहरुको ध्यान त्यसतर्फमात्र रहेको बताउनुभयो । विशेष गरी जिल्लाको दुर्गम दक्षिणी भेगमा राहत सामग्री र त्रिपालको आवश्यक रहेको बताए । आफ्नो पार्टीका तर्फबाट आफू प्रभावित क्षेत्रहरु बुङ्मति, खोकना, हरिसिद्धि, लुभू, सिद्धिपुरलगायत क्षेत्रमा सक्रिय रहेको जानकारी दिए । नेताहरु चुनावका बेला दिनको दुई– तीन पटक गाउँ आउने तर समस्या परेको बेला वास्ता नगर्ने आरोपको खण्डन गर्दै उनले पार्टीगतरुपमा सक्दो सहयोग हुने र सबै भ्रातृसंस्थालाई क्रियाशील बनाएको बताए । एमाओवादी नेता रामप्रसाद आचार्यले जिल्लाका भूकम्पपीडित र विस्थापितलाई पार्टीले आवश्यक सहयोग गरिरहेको ठोकुवा गरे । जारी रहेको बताए । भूकम्पमा परेर ललितपुरमा मात्र १७१ जनाको मृत्यु भइसकेको छभने एक हजार बढी घाइते भएका छन् । भूकम्पबाट जिल्लाकैै दक्षिणी भेगमा पर्ने ९० प्रतिशत घर पूर्णरुपले ध्वस्त भएका छन् भने नगरक्षेत्रमा पनि धेरै क्षति भएको छ । प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले पीडितलाई सहयोग गर्न राजनीतिक संयन्त्रको समन्वयमा तीव्र गतिमा काम भइरहेको बताए । उनले जिल्लामा वितरण गरिएको राहत सामग्री पर्याप्त नभएकाले थप सामानका लागि आवश्यक प्रयास भइरहेको बताए । जिल्ला सभापति एवम् सभासद् मदनबहादुर अमात्यको संयोजकत्वमा १० सदस्यीय अनुगमन समिति गठन भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्