काठमाडौँ । शनिबारको विनाशकारी भूकम्पमा परी आज अपराह्न १ बजेसम्म छ हजार २५४ जनाको मृत्यु र १३ हजार ८४७ जना घाइते भएका छन् ।
काठमाडौँमा एक हजार १३०, भक्तपुरमा २६७ र ललितपुरमा १७१ जनाको ज्यान गुमेको छ भने काठमाडौँमा चार हजार ६३४, भक्तपुरमा एक– एक हजार ८८५ र ललितपुरमा एक हजार ८५ जना घाइते भएका छन् ।
हालसम्म काठमाडौँमा एक हजार ९२, भक्तपुरमा २६६, ललितपुरमा १७१, पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा तीन हजार ९९९, पश्चिम क्षेत्रमा ३४८ र मध्यपश्चिम क्षेत्रमा दुई जना गरी जम्मा पाँच हजार ९२९ को शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
यसैबीच भूकम्प गएको झण्डै ७ दिनसम्म पनि भग्नावशेषमा पुरिएकाहरुमध्ये केहीको जीवितै उद्धार भएको हो । विदेशी अत्याधुनिक प्रविधिसहित भग्नावशेषमा पुरिएकाहरुको उद्धार गरिँदै आएको छ । बिहीवार ६ दिनपछि नयाँ वसपार्कस्थित हिल्टन गेष्ट हाउसको भग्नावशेषमा फसेका नुवाकोटका १५ वर्षीय किशोर पेम्बा लामाको जीवितै उद्धार गरियो भने एको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी तथा विभिन्न देशका उद्धार टोलीहरु तथा प्राविधिकहरु उद्धार कार्यमा जुटिरहेका छन् । भारत, चीन, टर्की, श्रीलंका, पोल्याण्ड, नेदरल्याण्ड, जर्मनी, बेलायत, फ्रान्स, इजरायल र मलेसियाको टोली उद्धारमा सक्रिय रहेका छन् । एक सय ८० जनाको भारतीय टोली, श्रीलंकाको १३ जनाको उद्धार टोली, १ सय १७ जनाको चिनियाँ टोली, ७९ जनाको टर्कीको टोली भग्नावशेषमा फसेकाहरुको उद्धारमा सक्रिय छन् । भग्नावशेषमा जीवित रहेरनरहेको पत्ता लगाउने उपकरण तथा कुकुर समेत परिचालन गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०७२