काठमाडौं । गोंगबुको जनसेवा लज भत्किएर पुरिएको भग्नावशेषबाट बर्दियाकी ३८ वर्षीया कृष्णदेवी खड्काको जीवितै उद्दार गरिएको छ । उनलाई अहिले अस्पताल लगिँदै छ । ससस्त्र प्रहरीले यसअघि हिडेन गेष्ट हाउसमा काम गर्दै आएका पेम्बा लामाको पनि आजै जिवीतै उद्दार गरेको थियो । गोंगबुको एकै ठाँउबाट सुरक्षाकर्मीले आजै दुई जनाको जिवीतै उद्दार गरेका हुन् ।