नेभिगेशन
अन्य

महा भूकम्पमा मृत्यु हुनेको संख्या ५५३६ पुग्यो

काठमाडौं । शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या पाँच हजार पाँच सय ३० पुगेको छ। सो भूकम्पमा परी आठ हजार ३ सय पाँच पुगेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकामा मात्रै एक हजार ८९ पुगेको छ भने सिन्धुपाल्चोकमा एक हजार पाँच सय ८७ पुगेको प्रहरीले जनाएको छ। यसैगरी, ललितपुरमा १ सय ६९, भक्तपुर, २ सय ६१ पुगेके छ । यसैगरी भोजपुरमा २ ,सुनसरीमा ७ ,सोलुमा २२ ,ओखलढुंगामा १८ ,ताप्लेजुंगमा १ ,मोरङ्ममा २ , रामेछापमा २४ ,धनुषामा १ ,मकवानपुरमा ३३ ,रसुवामा ३०४ दोलखामा ६० ,चितवनमा ६ ,नुवाकोट, ७०७ ,धादिङ ५२७ ,सिन्धुली ९ ,बारा ५ ,पर्सा ५ ,सर्लाही १ ,रौतहट १ ,काभ्रे २७४ पुगेको छ । यसैगरी गोरखामा ४०५ ,कास्कीमा २,नवलपरासीमा १ ,तनहु १ ,लमजुङ्ग ४ ,रोल्पा १ र रुकुम १ जनाको मृत्यु भएको प्रहरीले जनाएके छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्