नेभिगेशन
अन्य

मृतकका परिवारलाई ३ लाख दिन एमाओवादी माग

काठमाडौं । विपक्षी दल एमाओवादीले महाभूकम्पमा ज्यान गएकाका परिवारलाई प्रतिव्यक्ति ३ लाख रुपैयाँको दरले राहत दिन सरकारसँग माग गरेको छ । यसैगरी गम्भीर रुपमा घाइते भइ अंगभंग भएकालाई १ लाख नगद दिनुपर्ने बताएको छ । विहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी एमाओवादीले सरकारसमक्ष ८ बुँदे माग तथा सुझाव सार्बजनिक गरेको छ । महाभूकम्पबाट घरबार गुमाएकाहरुलाई एकीकृत प्याकेजको रुपमा ५ देखि १० लाख रुपैयाँ राहत दिन पनि उसले माग गरेको छ । एकीकृत प्याकेजमा आवास, त्रिपाल, खाद्यान्न, भाँडाकुँडा लत्ताकपडालाई राखिएको छ । क्षति भएका भौतिक संरचना पुनिर्निर्माणका लागि केन्द्रीय पुनर्निर्माण आयोग गठन गर्न र दीर्घकालीन समाधान खोज्नुपर्ने एमाओवादीको सुझाव छ यस्तै घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र व्यवस्थापिका संसदको बैठक तत्काल बोलाउन पनि एमाओवादीले माग गरेको छ । नेपालमा आएको प्राकृतिक विपदाको बेला भारतले गरेको सहयोगप्रति खुसी व्यक्त गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा समेत गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्