नेभिगेशन
अन्य

अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्सद्धारा ५० हजार डलर सहयोग

सिड्नी । शनिवार गएको महाभुकम्पका पिडितहरुको सहयोगका लागि अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स (एका) ले आज पचास हजार अष्ट्रेलियन डलर प्रारम्भिक सहयोगस्वरूप प्रदान गरेको छ । उक्त रकम रकम ’एका’ का सदस्यहरूबाट जम्मा भएको हो । पचास हजार डलरमध्ये पन्ध्र हजार डलर एनआरएन मार्फत र बाँकी पैँतीस हजार डलर वर्ल्ड भिजन अष्ट्रेलियामार्फत नेपाल पठाइएको छ । यसबाहेक ’एका’ले अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थासँग पनि सहयोगको लागि अपील गरेको छ । केही दिनभित्रै ती संस्थाहरूबाट पनि सहयोगको घोषणा हुनेमा आशावादी भएको एकाले जनाएको छ । नेपालमा आएको विनाशकारी भूकम्पबाट भएको जनधनको अपूरणीय क्षतिप्रति अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स (एका)गहिरो दुस्ख व्यक्त गरेको छ । यस विनाशकारी भूकम्पमा आफ्नो ज्यान गुमाउनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको आत्माको चीर शान्ति र परिवारजन गुमाउनुहुने सम्पूर्ण नेपालीहरूप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दै एकाका अध्यक्ष बिवेक थापाले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । अध्यक्ष थापाद्धारा जारी बिज्ञप्तीमा भनिएको छ–‘विपत्तिमा परेकोलाई सक्दो सहयोग गर्नु सम्पूर्ण मानवजातिकै कर्तव्य हो। त्यसमा पनि हामी नेपालीहरूमा त एकअर्कालाई सहयोग गर्ने भावना अत्यन्त बलियो रहेको छ ।’ सम्पूर्ण नेपाली जनता, नेपाल सरकार, विभिन्न संघसंस्था र विदेशी मित्रराष्ट्रको समेत सहयोगमा भूकम्पपीडित नेपाली जनताले चाँडै भन्दा चाँडै राहत पाउनमा एकाले बिश्वास व्यक्त गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्