काठमाडौं । महाभुकम्पपछि काठमाडौँ महानगरपालिकाले सडकमा थुप्रिएको फोहर आजदेखि उठाउन सुरु गरेको छ । शनिबार गएको विनाशकारी भूकम्पका कारण महानगरपालिकाले फोहर व्यवस्थापनमा नियमितता दिन नसक्दा सडकमा संकलन भएको फोहर व्यवस्थापन हुन सकेको थिएन । त्यसैगरी भूकम्पको त्रासले अस्तव्यस्त बनेको काठमाडौँको जनजीवन तथा सुरक्षाका लागि खुला ठाउँमा बनाइएका शिविर आसपास क्षेत्रबाट पनि फोहर जथाभावी थुप्रिएको थियो । सडकमा जम्मा भएका फोहरले दुर्गन्ध फैलाउँदै जान थालेकाले बटुवा तथा पैदलयात्रीलाई समस्या परेको थियो । ६ुद्ँि८खेल टुंडिखेल टँुडिखेलमा सुरक्षाका लागि शिविर बनाएर बसेका सर्वसाधारणबाट जम्मा भएको फोहर भने महानगरपालिकाले व्यवस्थापन गरिसकेको र अहिले घरघरमा थुप्रिएको फोहर भने व्यवस्थापन गर्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका वातावरण व्यवस्था महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले समयमा फोहर व्यस्थापन नभए वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यसको व्यवस्थापन गर्न लागिएको बताए । उनले बौद्ध, जोरपाटी, नयाँबानेश्वरलगायतका स्थानबाट करिब एक हजार मेट्रिक टन फोहर उठाएर टेकुस्थित फोहर सङ्कलन केन्द्रमा जम्मा गरिएको त्यसलाई बिहीबार ल्यान्डफिल्ड साइटमा पु¥याइने बताए । काठमाडौँका विभिन्न सडकमा जम्मा भएको सम्पूर्ण फोहर व्यवस्थापनको कार्य सम्पन्न गर्न तीन÷चार दिन लाग्ने बताइएको छ ।