नेभिगेशन
अन्य

तरकारीमा कालोबजारी, ४० देखि ४५ प्रतिशतसम्म बढि मूल्य बिक्री

काठमाडौं । महाभुकम्पपछि फाटफुट खोलिएका तरकारी पसलमा व्यापारीले तरकारीमा मनलाग्दी मुल्य लिएर व्यापार गरिरहेका छन् । व्यापार गरिरहेका छन । महाभुकम्प पछि तरकारीको मुल्यमा करिब ४० देखि ४५ प्रतिशत सम्म बढी लिएको वजार अनुगमनका क्रममा पाइएको छ । उपत्यकाकै सबैभन्दा ठूलो कालिमाटी तरकारी बजारमा भने खासै तरकारीको मूल्यमा परिवर्तन भएको छैन । काठमाडौंको अनामनगर, बानेश्वर, मैतिदेबी, ललितपुरको जावलाखेल, पुल्चोक, खरीवोट लगायतका एरियाका खुलेका तरकारी पसलमा व्यापारीले तरकारीको मूल्यमा मनपरी लिने गरेका छन् । तरकारी बजारमा सामान्यत प्रति किलो ३५ रुपैयाँ पर्ने काउली आज बजारमा ८० देखि ९० रुपैयाँमा व्यापारीहरुले बेचिरहेका छन् । मैतीदेविबाट तरकारी किनेर आउदै गरकी गृहणी लता महतले ८० रुपैया किलो काउली किनेको बताइन् । त्यही काउली भुकम्पअघि बजारमा ५० देखि ६० मा पाइन्थ्यो । व्यापारीले आज बजारमा तरकारीको अभाव छ भन्दै ग्राहक सगँ आफूखुसी पैसा असुल गरिरहेका छन् । त्यस्तै आज कालिमाटी तरकारी बजारमा क्रमश गोलभेडा सानो, आलु, फर्सी, ब्रोकाउली, भिँडी, बोढी, काँक्रो, करेला लगायतका तरकारीको मूल्य ५०, १८, २८, ४५, ५५, ६०, ६०, ६० रुपैयाँ छ । तर बजारमा त्यहि तरकारी आज व्यापारीहरुले क्रमश गोलभेडा सानो, आलु, फर्सी, ब्रोकाउली, भिँडी, बोढी, काँक्रो, करेला लगाएतका तरकारीको मुल्य ८०, ३०, ५०, ९०, १००, १००, ८०, १०० रुपैयाँमा बेचिरहेका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्