काठमााडौं । महाभुकम्पका कारण उपत्यका छोड्नेको चाप बढेपछि नयाँ बानेश्वरमा भेला भएका सर्वसाधारणलाई भोलि र पर्सीका लागि प्रहरीले पास बाढेको छ ।
सरकारले घोषणा गरेको निशुल्क बस सेवाका लागि प्याप्सन र एनप्याप्सनले ५ सयउ बस उपलब्ध गराउने भने पनि ६७ वटा मात्र बस आएपछि यात्रुहरू घर जान नपाएपछि आक्रोशित बनेका थिए । आक्रोशित यात्रुले नयाँ बानेश्वर क्षेत्रमा सडक कब्जामा लिएर नारावाजी गरिरहेका छन् । सरकारले निशुल्क बस व्यवस्था गर्ने सूचना दिएलगतै सर्वसाधारणहरू बिहान झिस्मिसेदेखि बानेश्वर पुगेका थिए । घर जान चाहने यात्रुको लाइन तीनकुनेसम्म पुगेको छ ।