नेभिगेशन
अन्य

कार्यालय नजाने कर्मचारीलाई कारवाही हुन्छ : सामान्य प्रशासन मन्त्रालय

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले महाभूकम्पको निहुँ गरेर सरकारी कार्यालयमा हाजिर नहुने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएको छ । सरकारी कार्यालयमा हाजिर भए÷नभएको भोलीदेखि अनुगमन गरिने मन्त्रालयले जनाएको छ । भूकम्पमा परेर घाइते भएका या क्षति पुगेका कर्मचारीबाहेक अन्य कर्मचारीहरु पनि कार्यालयमा नआउने बेथिति बढेकाले विपतका बेलामा कार्यालयमा हाजिर नहुने कर्मचारीलाई कारवाहीको तयारी भएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए । आ–आफ्नो कार्यालयका कर्मचारीहरुलाई विपदका बेलामा अनिवार्यरुपमा कार्यालयमा हाजिर हुन र जनताको सेवा गर्न सबै सरकारी निकायमा सर्कुलरसमेत गरिएको प्रवक्ता अधिकारीले बताए । कतिपय सरकारी कर्मचारीहरुले प्राकृतिक विपदको मौका छोपेर सरकारी गाडी र पेट्रोलको दुरुपयोग गरिरहेको सूचना आएकाले त्यसरी साधनको दुरुपयोग गर्ने कर्मचारीलाई पनि कारवाहीको चेतावनी सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्