नेभिगेशन
अन्य

एमालेद्वारा पचास लाख रुपैयाँ सहयोग

काठमाडौं । भूकम्पपीडितका लागि नेकपा एमालेद्वारा गठित उद्धार तथा राहत केन्द्रीय समन्वय समितिले केन्द्रीय नेता, सभासद् र कार्यालयका कर्मचारीका तर्फबाट एकमुष्ट पचास लाख रकम सहयोग गर्ने निर्णय गरेको छ । एमालेले कृषि विकास बैंक कालिमाटी शाखामा रहेको ‘नेकपा (एमाले), प्राकृतिक विपत्ति राहत कोषको खाता नंं ०२१०३००७१७९१७०१० मा जम्मा गर्ने निर्णय भएको उद्दार तथा राहत केन्द्रीय समन्वय समितिले जनाएको छ । यस्तै, पार्टीको संसदीय दलमा आजै प्रभावित जिल्लाका उपलब्ध सभासद्को आकस्मिक बैठक गरी आवश्यक निर्देशनसमेत दिइएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । समन्वय समितिको बैठकले उपत्यकाका अस्थायी शिविरमा सरसफाइका लागि यथोचित ध्यान दिन युवा सङ्घ नेपाल, अनेरास्ववियु, पेसागत महासंघ नेपाल, नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) र राष्ट्रिय खेलकुद महासंघका नेता–कार्यकर्ताको संयोजनमा स्वयम्सेवक परिचालन गर्ने निर्णय पनि गरेको छ । उनलाई अविलम्ब अस्थायी शिविरमा पुगेर नागरिकहरुको स्वास्थ्य, सरसफाइ र खानपानको स्थितिलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्