गजुरी । त्रिभुवन राजपथको झ्याप्लेखोलामा आज बिहान भएको बस दुर्घटनामा मारिएकाहरुमध्ये १२ जनाको सनाखत भएको छ । भारतीय तीर्थालुहरु बोकेका दुई तले बस दुर्घटनामा परी मृत्यु हुनेमा देवजीभाइ सतवाहार, गणेशभाइ सतवाहार, दयारामभाइ सतवाहार, नारसीभाइ सतवाहार, गारामभाइ सतवाहार, गणपतभाइ सतवाहार, दलपतभाइ सतवाहार छन् । त्यस्तै, जसुवेन सतवाहार, लीलावेन सतवाहार, सवितावेन सतवाहार, गौरीवेन सतवाहार र कन्चनवेन सतवाहारको मृत्यु भएको छ । मृतक पाँचको भने सनाखत हुन बाँकी छ । दुर्घटनामा १३ को घटनास्थलमै र चारको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते हुनेमा कालुभाइ सतवाहार, हरिदेवान सतवाहार, सरिता जैन सतवाहार, ललित सतवाहार, चिनिलाल सतवाहार, मञ्जुवैन सतवाहार, सुरजवैन सतवाहार, मुल्लीभाइ सतवाहार, भगवानभाइ सतवाहार, गणेशभाइ सतवाहार, लीलावैन सतवाहार, लीलुभाइ बल्लभ सतवाहार छन् । अन्य घाइतेको नाम अहिलेसम्म उपलब्ध भएको छैन । अठाइस जना घाइतेको काठमाडौँस्थित शिक्षण अस्पताल र नर्भिक अस्पतालमा उपचार भइरहेको छ । सो बसमा २२ पुरुष र २३ महिला गरी ४५ जना यात्रु रहेको बताइएको छ । भारतीय तीर्थयात्री बोकेको जिजेड १४ एक्स १९०० नम्बरको बस आज बिहान नौबिसे गाविस–८ झ्याप्लेखोलास्थित सडकबाट करिब ३०० मिटर तल भिरबाट खसेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ९, २०७२