नेभिगेशन
अन्य

कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवस आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ६७ औं स्थापनाको दिवस बिभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘संसारभरका मजदुर एक होऔं’ भन्ने उद्घोषलाई पछ्याउँदै नेपालमा पहिलो पटक पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण दस्तावेज कम्युनिस्ट घोषणापत्र (सन् १८४८) लाई नेपालीमा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट आन्दोलनको प्रादुर्भाव भएको थियो । उनकै नेतृत्वमा राणा शासनको विरोध गर्दै विसं २००६ वैशाख ९ गते लेनिनको जन्मदिन पारेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना भएको थियो जसमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको सहभागिता थियो । विसं २००८ मा भारतको कलकत्तामा नेकपाको पहिलो सम्मेलन भई मनमोहन अधिकारीले प्रस्तुत गरेको सामान्तवाद र साम्राज्यवादलाई अन्त्यका लागि क्रान्तिमा जाने नीति र कार्यक्रम पारित भएको थियो भने विसं २०१४ मा भएको दोस्रो महाधिवेशनमा आइपुग्दा डा केशरजंग रायमाझीले राजतन्त्रलाई सहयोग पुग्ने गरी ‘परिवर्तन किन’ भन्ने सवालमा विवाद सिर्जना गरेका थिए । विसं २०१९ मा भएको तेस्रो महाधिवेशनमा तुल्सीलाल अमात्यले सम्प्रभुतासहितको संसद् र पुष्पलालले विघटित संसद् पुनःस्थापनाको प्रस्ताव गरेपछि विवाद उत्पन्न भयो । यही महाधिवेशनले रायमाझीलाई कारबाही ग¥यो अनि कम्युनिष्ट पार्टीको बिभाजनको श्रृखला सुरु भएको थियो । अहिले नेपालमा दुई दर्जन भन्दा बढि कम्युनिष्ट पार्टी क्रियाशील रहेका छन् । संसदमा सबभन्दा ठूलो कम्युनिस्ट पार्टी एमाले र दोस्रो ठूलो कम्युनिस्ट पार्टी एमाओवादी रहेका छन् । त्यसैगरि सा– साना कम्युनिष्ट पार्टी नेकपा माले , नेपाल मजदुर किसान पार्टी लगायत केहि साना कम्युष्टि पार्टी समेत संसदमा रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्