काठमाडौं । १८ बर्षपछि सेन्ट जेभियर्स स्कुलका संस्थापक फादर ग्याफ्नेका हत्यारा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले बैशाख ०७ गते बिहान काँकडभिट्टा आउँदै गरेको अवस्थामा ४३ बर्षिय गोकुल भन्ने ढाल बहादुर खड्कालाई पक्राउ गरेको हो । यसअघि २०५४ मंसिर २८ गते राती ललितपुरको झम्सिखेल बस्ने अमेरिकन नागरीक वर्ष ६५ का फादर ग्याफ्न आफ्नै कोठामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा मृत लाश फेला परेको थियो । अनुसन्धान बाटफादर ग्याफ्नेले दोलखा, फस्कु (८ का खड्कालाई घरेलु काममा लगाए वापत सधै पैसा दिन्छु भन्ने गरेको तर नदिएको र त्यसैक्रममा ०५४ मंसिर २८ गते खड्काले आफ्नो कोठामा राखेको दाप सहितको खुकुरी लिई राती ८ वजेको समयमा फादर ग्याफ्नेको कोठामा पुगेका थिए । खुकुरी कोठाको टेबल मुनि लुकाई राखेको र माग गरेको पैसा नदिए पछी लुकाई राखेको सोहि खुकुरी निकाली फादर ग्याफ्नेलाई दुई पटक गर्धनमा प्रहार गरी हत्या गरेको खुल्न आएको थियो । फादर ग्याफ्नेको हत्या गरे पछी दराजमा रहेको २२ हजार रुपैयाँ चोरी गरी खड्काले खुकुरी त्यही छाडी छिमेकी मुलुक भारततर्फ भागि गएका थिए । बहादुर खड्कालाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि मिति २०७२ बैशाख ०८ गते महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।