नेभिगेशन
अन्य

आज अक्षय तृतिया

काठमाडौं । आज अक्षय तृतिया, पूर्वीय संस्कृतिवाट प्रभावित हिन्दु नेपालीहरुले निरोगीताको प्रतिकात्मक खाद्यान्न जौको सातु, खुदो, सर्वत, मह खाएर मनाउने प्रचलन रहेको छ । हिमालय पर्वतमा विराजमान हिन्दुहरुका आराध्यदेव महेश्वर पशुपतीनाथको माता उमासंग बिहे भएको दिनको धार्मिक विश्वास अनुसार आजको दिनलाई अक्षय तृतिया पर्वको रुपमा मनाउने गरिन्छ । बिषेश गरेर ग्रिष्म याममा शरिरलाई निरोगी बनाउने जौ, मकै जस्ता खाद्यान्नको सातु र सर्वत खाएर मनाउने यो पर्व मानव जिवनको स्वास्थ्यसंग जोडिएको छ । गर्मीयाममा शरिरलाई स्वस्थ राख्न र पानीको मात्रा धेरै बनाउनका लागि सुख्खा खाद्य बस्तुको प्रयोग गर्न यो पर्वले प्रेरणा दिने पण्डीत अच्युत पौडेलले बताए । पुण्य प्राप्तीका लागि आजको दिन अन्न बस्त्रादि दान दिने प्रचलन रहिआएको छ । अक्षय तृतियाकै दिन शिव पार्वतीको विहे प्रसंग पनि जोडिने भएकाले यसको महत्व उल्लेखनिय रहेको पौडेलले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्