नेभिगेशन
अन्य

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार सुबीरनाथ खनाल

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौं –५, कालोपुल निवासी सुबीरनाथ खनाललाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयबाट आइतवार प्रकाशित विज्ञप्ति अनुसार विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय खनाल विसं २०३२ सालको विद्यार्थी आन्दोलनको केन्द्रीय स्तरको नेतृत्वमा रहेका थिए । २०३४ सालमा त्रिभुवन विश्वविद्यालयको सहायक प्राध्यापक रहेका खनाल २०३६ सालको जनमत संग्रहमा प्युठान जिल्लामा खटिँदा बहुदलको प्रचार गरेको अभियोगमा निर्वाचन आयोगले फिर्ता बोलाएको थियो । उनी नेपाली कांग्रेसका तात्कालिन नेता गिरिजाप्रसाद कोइरालाको समिपमा रही तरुण पत्रिका लगायत नेपाली कांग्रेसका अन्य प्रचार सामग्री निर्माण र वितरणमा संलग्न रहेका थिए । उनी २०४६ सालको जनआन्दोलनमा कर्मचारीको नेतृत्व गरी आन्दोलनमा सहभागी भएका थिए । २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव रहेका खनालले तात्कालिन अवस्थामा राजसंस्थामा रहेको शक्तिलाई जननिर्वाचित प्रधानमन्त्रीमा हस्तान्तरण गर्न सफल भूमिका निर्वाह गरेका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहनुभएका खनाललाई पार्टीका तात्कालीन महामन्त्री सुशील कोइरालाले पार्टीको केन्द्रीय प्रशासन विभागको जिम्मेबारी पनि सुम्पेका थिए । खनालले एमएस्सी, एमपीए र प्राकृतिक प्रकोप व्यवस्थापन र नियन्त्रणमा अक्स्फोर्डबाट स्नातकोत्तर गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्