नेभिगेशन
अन्य

काँग्रेसभित्र गुट उपगुट हुनु राम्रो होइनः कोइराला

रौतहट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले हरेक जिल्लामा काँग्रेसभित्र गुट उपगुट हुनु पार्टीका लागि राम्रो नभएको बताएकी छन् । नेपाल प्रेस युनियन रौतहटको आयोजनामा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा नेत्री कोेइरालाले आउँदो महाअधिवेशनले त्यस्तो गुटबन्दीलाई समाप्त पार्ने विश्वास व्यक्त गरे । उनले भने ‘गत निर्वाचनले स्पष्ट रुपमा नेपाली काँग्रेसलाई बहुमत दिए तापनि गुट उपगुटका कारण जनतासँग सम्बन्ध कमजोर हुँदै गएकाले स्थानीय नेता तथा कार्यकर्तासँग समन्वय गर्न म जिल्ला भ्रमणमा हिँडेको हुँ ।’ पार्टीभित्र महिलाका हकमा ६०/४० को भेदभाव रहेकाले गलत परिपाटी हटाउन आगामी महाधिवेशन कोेसेढुङ्गा साबित हुने उनले बताइन् । नेत्री कोइरालाले संविधान निर्माणमा गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको सिद्धान्तलाई पूरा गर्नुपर्ने दायित्व आएको बताइन् । बिपी कोइरालाले लिएको मेलमिलापको नीति हालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उनले संविधानसभाबाट सकभर सहमतिमा नभए सहमति हुन नसके प्रक्रियामा गएर संविधान जारी गरिने छ भनिन् । पत्रकारले सोधेको एक प्रश्नको जिज्ञासामा नेत्री कोइरालाले अब देशमा जनताले चाहेअनुसारको सङ्घीयतासहितको संविधान बन्न कसैले नरोक्ने बताइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्