नेभिगेशन
अन्य

जाजरकोटमा थप तीनजनाको मृत्यु, मर्नेको संख्या २१ पुग्यो

जाजरकोट । तीन सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस–२ का ५० वर्षीय बादी टमटा, अर्छानी–७ का ५८ वर्षीय हंशबहादुर टमटा र अर्छानी–४ का दुई वर्षीया बालिका ऋतु टमाटाको उपचारका क्रममा मृत्यु भएको छ । दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहँुदा कठिनाइ जाजरकोटको ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको छ । दुई सय ३५ जना स्वास्थ्यकर्मीको दरबन्दीमा १७४ जनाको पदपूतिर्तभएको छ भने ६१ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको छ । मेडिकल अधिकृत दुई जनाको दरबन्दी खाली रहेको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत एक जना खाली रहनुका साथै हाल निमिर्मको भरमा काम चलिरहेको छ । सिनियर अहेब नौ जनाको दरबन्दी रिक्त रहेको छ । त्यस्तै चार जना अहेबको दरबन्दी खाली रहेको छ । चार जना स्टाफ नर्सको पद खाली रहेको छ । त्यस्तै एक जना मेडिकल सुपरिटेन्डेन्ट रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा स्वीकृत १२ जनाको दरबन्दीमध्ये अहिले जम्मा पाँच जनाको पदपूतिर्तभएको छ भने सात जना रिक्त रहेको छ । यहाँ मेडिकल अधिकृतदेखि स्टाफ नर्स, अहेबसम्म खाली रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ११ जनाको दरबन्दी रहे तापनि अहिले छ जनाको पदपूतिर्तभएको तथ्याङ्कमा देखिन्छ भने पाँच जनाको दरबन्दी रिक्त छ । यहाँ पनि मेडिकल अधिकृतको दरबन्दीदेखि अहेबसम्मको दरबन्दी खाली रहेको छ । स्वास्थ्य चौकी टालेगाउँमा छ जनाको दरबन्दी लिष्टमा देखिन्छ भने अहिले कार्यालयमा तीन जनाले काम सञ्चालन भइरहेको छ । यहाँ पनि सिनियर अहेब खाली रहेको छ । यो अहिले सिजिनल फ्लुबाट प्रभावित क्षेत्र हो । यस्तै जिल्लाका अधिकांश ग्रामीणस्तरमा रहेका स्वास्थ्य केन्द्रमा दरबन्दी देखाए पनि काममा नखटी काजमा अर्कै ठाउँमा काम गरिरहेको देखिन्छ । अहिलेसम्म रोग प्रभावित क्षेत्रमा सयौँ बिरामीको उपचार गरिएको बताएको छ । जिल्लाको पँैकमा एक हजार २००, सक्लामा १७८, पजारुमा ४२१, नायकवाडामा १०० र अर्छानी र टालेगाउँमा स्वास्थ्यकर्मी भर्खर परिचालन भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्