नेभिगेशन
अन्य

प्रधानमन्त्रीले भने–‘छिटो संविधान बनाऔं, नत्र सम्हाल्न गाह्रो पर्छ’

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अब छिट्टो संविधान जारी गर्न नसके मुलुक सम्हाल्न गाह्रो हुने बताएका छन् । एमाअ‍ोवादी नेता नारायणकाजी श्रेष्ठसंगको भेटमा प्रधानमन्त्री कोइरालाले भने–‘अब चाँडै सहमति गरेर संविधान बनाऔं, नत्र हामीले सम्हाल्न सक्दैनौं’ । उनले चाँडो सहमति गर्न समेत श्रेष्ठलाई आग्रह गरे । केहि दिनदेखि सत्तापक्ष र प्रतिपक्षका नेताहरु सम्वादहीन अवस्थामा रहेका बेला बुधबार एमाओवादी नेता श्रेष्ठ प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुगेका थिए । अर्कै काम लिएर भेट्न आएका श्रेष्ठलाई प्रधानमन्त्री कोइरालाले आफू सहमतिबाटै संविधान बनाउने पक्षमा रहेको बताएका थिए । एमाओवादी नेतासँग प्रधानमन्त्रीले भने –‘सकेसम्म सहमतिमै गरौं, सहमति भएन भने सहमति भएका विषयमा प्रक्रिया अघि बढाएर असहमतिका विषयमा छलफल गर्दै जाऔं ।’प्रधानमन्त्री कोइरालाले आफू सहमतिकै पक्षिमा रहेको बताएपछि एमाओवादी नेता श्रेष्ठले सहमतिको अमूर्त कुरा नगर्न र ठोस प्रस्ताव ल्याउन आग्रह गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्