काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७२ सालमा नेपाली जनताको सम्पूर्ण अधिकारसहितको संविधान प्राप्त गर्ने चाहना पूरा हुने विश्वास गरेका छन् । देश र विदेशमा रहेका नेपालीलाई नयाँ वर्ष २०७२ सालको शुभकामना दिँदै जनताको आफ्ना सम्पूर्ण अधिकारसहितको संविधान प्राप्त गर्ने चाहना पूरा हुने विश्वास व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा यस नयाँ वर्षकोे सुखद उपलक्ष्यमा सबैको जीवनमा खुसियाली, सुख, समृद्धि, दीर्घायु र सुस्वास्थ्यको हादिर्द एवम् मङ्गलमय कामनासमेत व्यक्त गरेका छन् । ओलीले नयाँ वर्षको पूर्वसन्ध्यामा सोमबार धरहरा चढेर साङ्केतिक शुभकामना पनि दिएका थिए ।