काठमाडौं । निर्वाचन अयोगले बागलुङ क्षेत्र नं १ को मा आज भएको संविधानसभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । बिहान ७ बजे सुरु भई साँझ ५ बजे सम्पन्न भएको सो मतदानमा करिब ७० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । सो क्षेत्रमा कुल ५२ हजार २०२ मतदाता थिए । आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले विज्ञप्ति जारी गरी मतदान सम्पन्न भएलगत्तै सबै मतदान केन्द्रबाट मतदान उपकरण ल्याउने तयारी भइरहेको जनाए । सबै मतदान केन्द्रबाट मतदान उपकरण सदरमुकाम ल्याइसकेपछि राजनीतिक दलको सहमतिमा तत्काल मतगणना सुरु गरिने बताइएको छ ।