नेभिगेशन
अन्य

‘बाग्मति सफाईमा जस्तै संविधान निर्माणमा पनि एकता आवश्यक’

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आन्दोलनकारी शक्ति र सरकारको नेतृत्व गरेका राजनीतिक दल बाग्मती सफाइ महाअभियानमा सहभागी भएर देखाएको ऐक्यबद्धता संविधान निर्माणमा समेत कायम हुनुपर्नेमा जोड दिएका छन् । महाअभियानमा लागेकालाई हौस्याउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसहित कुपण्डोल पुग्नुभएका अध्यक्ष नेम्वाङले बाग्मती सफा गर्न निमिर्म मानव साङ्लोझै संविधान निर्माणका लागि दललाई पनि एकजुट हुन आग्रह गरे । उनले भने–‘आज जसरी मानव साङ्गो बनेको छ, त्यो सिंहदरबार र संविधानसभा भवनबाट टाढा छैन, यो एकताको सन्देश संविधान लेखनका लागि पनि बनाउन म सबै राजनीतिक दललाई आग्रह गर्दछु ।’ बाग्मतीलाई सफा गर्न आवश्यक पर्ने नीति निर्माणमा सहयोग गर्न आफू तत्पर रहेको भन्दै अध्यक्ष नेम्वाङले नदीको फोहर उठाउने र फेरि फाल्ने प्रवृत्ति सधैँका लागि अन्त्य गर्न जरुरी भएको बताए । बाग्मती मात्र नभई मुलुकका सहरी क्षेत्रका अन्य नदीनालाको सफाइमा पनि सबैको ध्यान जानुपर्ने विचार व्यक्त गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्