काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले तेस्रो संविधानसभाका बिषयमा युरोपेली युनियनका सांसदहरुले राखेको चासो प्रति असंतुष्टी जनाएका छन् । नेपाल भ्रमणमा रहेको युरोपियन युनियनको टोली प्रधानमन्त्री कोइरालालाई भेट्नेक्रममा तेस्रो संविधानसभाका बारेमा प्रष्टिकरण मागेका थिए । नेपालको संविधान लेखन प्रक्रियाका बारेमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले प्रष्टिकरण मागेका हुन् । जिना लाम्वेर्ड नेतृत्वमा नेपाल भ्रमणमा रहेको युरोपियन युनियनका सांसदहरुको टोलीले विहिवार संविधानसभा अध्यक्ष सुवास नेम्वाङसंगको भेटमा तेसो संविधानसभाको निर्वाचनका बारेमा चासो राखेका थिए ।