नेभिगेशन
व्यक्ति/व्यक्तित्व

विवेकको विरासत

कृष्ण तिवारी मध्यम कद, हँसिलो अनुहार । करिब १९ वर्षअघि अध्ययनको शिलसिलामा अस्ट्रेलिया छिरेका थापा अस्ट्रेलियालाई नै कर्मभूमि बनाउन पुगे । विद्यार्थी जीवनमा खाएका अनेकौ हण्डर र सर्षघसँग पंैठेजोरी गर्दै जीवनको लक्ष्य पछ्याउन सफल थापा विगत सात वर्षदेखि सिड्नीमा ओपल कन्सल्टेन्सी मार्फत शैक्षिक परामर्श सेवा दिदै आएका छन् । आफ्नो व्यवसाय सँगसँगै थापाले नेपाली समुदायमा आफ्नो छुट्टै पहिचान बनाउदै आएका छन् । अस्ट्रेलियन एजुकेसन कन्सल्ट्यान्ट एलाइन्स (एक्का) कोे संस्थापक अध्यक्ष तथा हालका वर्तमान अध्यक्ष समेत रहेका थापा अस्ट्रेलियाको राजनीतिमा लिबलर पार्टी नजिक रहेर नेपाली समुदाय बीच अगाडी बढ्दैछन् । उनी लिबरल फेन्ड्स अफ नेपालका कोर्डिनेटर समेत हुन् । सुनसरी स्थिति धरानमा मध्यम वर्गिय परिवारमा जन्मेका थापाले प्रारम्भिक शिक्षा गाउँकै प्रभात इङलिस बोर्डिङ स्कुलबाट लिए । परिवारमा जेठो सन्तान थापाका बुवा सोही विद्यालयका संस्थापक तथा प्रध्यानाध्यापक थिए । शिक्षित पारिवारिक पृष्ठभूमिमा जन्मेका थापालाई पढाईमा कुनै कमी महसुस हुन पाएन । स्कुलमा अध्ययनको अलवा थापा अतिरिक्त क्रियाकलापमा निकै सक्रिय थिए । स्कूलमा हाउस क्याप्टेन बनेर उनी विद्यार्थीहरुलाई अनुशासन सिकाउँथे । लज्जालु स्वभावका थापालाई स्कुलले जीवनमा गितार बजाउन निकै मन पर्दथ्यो । साथै फुटबल र क्रिकेटमा समेत पारखी थिए । उनको वोलीको प्रभाव छुट्टै थियो । कसैलाई नराम्रो नगर्ने थापा आफ्ना सहकर्मी साथी तथा शिक्षकहरुका प्रिय थिए । उनी भाषणमा पोख्न थिए । स्कुलमा हुने वक्तृत्वकलामा पुरस्कार उनैले हात पार्थे । विद्यार्थीकालमा डाक्टर बन्ने सपना बुनेका थापाले २०४८ सालमा प्रवेशिका परिक्षा प्रथम डिभिजनमा पास गरे । घरपरिवारमा जेठो छोरा डाक्टर बनेको हेर्ने औधी धोको थियो । त्यही सपनालाई साकार पार्न थापाले आइएस्सी उत्र्तिणपछि महाराजगञ्जको टिचिङ र धरानको बिपी मेडिकल कलेजमा फर्म भरे अनि इन्ट्रान्स परिक्षा दिए । तर आफसोच, प्रथम श्रेणीमा आइएस्सी पास गरेका थापाको नाम दुवैतिर निस्किएन । मेडिकलमा नाम निकाल्न असफल भएपछि थापाले विदेशमा उच्च शिक्षा हासिल गर्ने सोच बनाए । मेडिकलकै तयारीका लागि भनेर बिएस्सी समेत भर्ना नगरेका थापालाई अन्ततः विदेश जाने मोहले छोयो । उनका आफन्तजन कोही अमेरिका त कोही क्यानडा पुगीसकेका थिए । तर उनले अध्ययनको रोजाईमा अस्ट्रेलियालाई छाने । आफन्तजनबाट खासै सहयोग नमिलेका कारण पनि थापा कोही आफन्त नभएको देश जान चाहन्थे । Screen Shot 2015-04-09 at 6.37.32 PM अस्ट्रेलियाको यात्रा दृढ र आत्मविश्वासी स्वभावका थापा सन् १९९६ को अप्रिल महिनामा हर्लस्टोन म्यारिकभिल बिजनेस कलेजमा डिप्लोमा अफ आइटी अध्ययनका लागि अस्ट्रेलिया छिरे । २० वर्षे तन्नेरी जवानमै अस्ट्रेलिया होमिएका थापाको सुरुवातका दिनहरु केही सर्घषमय नै रह्यो । कोही आफन्त र साथीभाई नहुँदा करिब २ हप्ता म्यारिकभिल नजिक अल उड लजमा बसे । नेपालमा रहँदा दुःखको केही अनुभव नसँगालेका थापालाई यहाँको रहनसहन र परिस्थितिसँग भिज्न केही महिना नै लाग्यो । उनी अतितका दिन सम्झदै भन्छन्– “न त खानाको ठेगान थियो, न त बस्ने नै । काम पाउन पनि निकै गाहे । काम नपाउँदा कलेज शुल्क तिर्न समेत धौ–धौं हुन्थ्यो ।” दुई हप्तापछि थापाले विराटनगरकै साथी पुस्कर मिश्रलाई भेटे । आफ्नो साथी भेटिदा थापालाई खुसीको सीमा नै रहेन् । अनि थापा लजबाट मिश्रकै कोठामा सँगै बस्न थाले । सुरुको तीन महिना त काम खोज्दै बित्यो । तीन महिनापछि मोसमनको एउटा ग्रिन क्याफे रेष्टुरेन्टमा काम पाए । काममा अनुभवको अभावले काम शुरु गर्ने र छोड्ने निरन्तरता निकै वर्ष चलिरह्यो । विद्यार्थी जीवनमा थापाले सबै कामको अनुभव बटुले । एकताका उनी नोभोटेल होटलमा हाउसकिपिङको काम समेत गरे । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिदै ब्याचलर्स अफ आइटी यु डब्लु एसबाट सके । पछि विस्तारै आइटी अध्ययन सकेपछि भने आफ्नै विषयको काम खोज्न थाले । सन् १९९९ मा थापाले एक जर्मन मोबाइल कम्पनीमा अफिस एडमिन रहेर काम गरे । करिब दुई वर्षपछि उनी सेन्टजर्ज बैंकमा होम लोन विभागमा कन्सल्ट्यान्ट भएर काम गर्न पुगे । अध्ययन र कामको अनुभवले थापालाई जागिर पाउन केही सहज भयो । पछि उनी सेल्फसर्ट आइटी कम्पनीमा आइटी सपोर्टरको रुपमा काम गरे । त्यस्तै सन् २००४ मा उनी सिक डट कममा सेल्स एण्ड मार्केटिङ कन्सल्ट्यान्ट भएर आफ्नो ज्ञान, सीप र क्षमतालाई भरपुर प्रयोग गरे । सन् २००८ सम्म थापा त्यही काममा रमाए । केही समयपछि थापाले आफै कुनै व्यवसाय गर्ने अठोट लिए । आफू विद्यार्थीहुँदा बल्झिएका समस्याहरु सम्झिँए । सन् १९९८ मा थापाको विद्यार्थी भिषा रद्ध भएको थियो । तर पछि एमआरटी केस जितेपछि पुनः उनी विद्यार्थी भिषामा फर्किए । उनी सँगैका केही साथीहरु भने नेपाल फर्किए । तर थापाको कलेजमा अध्ययनको स्तर राम्रो थियो । जसका कारण उनले केश जिते । आफ्नो भोगाईलाई आत्मसाथ गर्दै एजुकेशनल कन्सल्टेन्सी खोल्ने बिचार गरे । अनि सन् २००८ मा रक्डेलमा सानो अफिसबाट शैक्षिक परामर्शको काम शुरु गरे । कन्सल्टेन्सी खोल्नमा उनकी जीवनसंगीनी दयाले पनि होस्टेमा हेंसे थपिन । करिब तीन वर्षपछि सन् २०११ बाट थापाले आफ्नो व्यवसायलाई रक्डेलबाट टाउनहल सिटीमा सारे । उनी भन्छन्– “मनदेखि नै सेवा गर्ने भावनाले यो पेशामा लागेको हो । विद्यार्थीको जीवनमा केही परिवर्तन गर्न सक्छु भन्ने संकल्प बोकेर अगाडि बढेको थापाले सुनाए ।” पारिवारिक सम्बन्ध र जीवन करिब १२ वर्ष अगाडि नेपालगञ्ज निवासी दयासँग थापा बैवाहिक जीवनमा बाँधिए । उनको यो मागी विवाह थियो । लेखेको पाइन्छ, देखेको पाइदैन भनेझैं आफन्तजनबाट विवाहको कुराकानी चलेपछि पूर्वका थापाले सुदुरपश्चिममा ससुराली बनाउन पुगे । शिक्षित परिवारमा जन्मे हुर्केकी दयाको बुवा सरकारी जागिरे थिए । उनी बर्दिया तथा ललितपुरको सिडियो भएर सेवा गरिसकेका थिए । पारिवारिक पृष्ठभूमि सबै मेल खाएपछि थापाले विवाह गर्ने निधो गरि नेपाली परम्परा अनुसार विवाहबन्धनमा बाँधिए । विवाहपछि थापा दम्पत्ति दिल्ली धुम्न गए । करिब चार महिना नेपाल बसेर थापा अस्ट्रेलिया फर्के । अनि विवाह गरेका पाँच महिनापछि जीवनसंगीनी पनि अस्ट्रेलिया आईपुगिन् । हाल श्रीमानको कन्सल्टेन्सीमा सहयोगी भुमिका निभाउदै आएकी दया टेफमा अध्ययरत छिन् । थापा दम्पत्तिका दुई छोरीहरु ओपल र पर्ल छिन् । [caption id="attachment_4518" align="alignnone" width="210"]छोरीहरु ओपल र पर्लका साथमा थापा दम्पति छोरीहरु ओपल र पर्लका साथमा थापा दम्पति [/caption] समुदायमा थापा थापा नेपाली समुदायको सामाजिक क्रियाकलापमा समेत सक्रिय छन् । अस्ट्रेलियाको सबैभन्दा पुरानो संस्था नेप्लीज अस्ट्रेलियन एसोसियसनमा अध्यक्ष भएर काम गरिसकेका छन् । विद्यार्थीकालमै २०४६ सालको आन्दोलनलाई साथ दिएका थापा हाल एनआरए एनसीसीका सल्लाहकार समेत हुन् । एनएडिएफको सेक्रेटरी रहेर समुदायमा भिजेका थापा फुटबलका पारखी समेत हुन् । उनी हष्र्टभिल युनाइटेड फुटबल क्लबमा केही वर्ष प्रशिक्षक बनेर फुटबल सिकाए । वेलावेलामा उनले आफ्नो क्लबलाई स्पोन्सर समेत गर्दै आएका छन् । समुदायमा सहयोग र साथीभाईहरुसँग रमाउन चाहने थापाले सन् २००० को सिड्नी ओलम्पिक खेलमा पूर्व युवराज दिपेन्द्रसँग झण्डै २१ दिन एउटै होटलमा विताएका थिए । त्यसो त उनको संचारमाध्यमप्रति पनि लगाब छ । सन् २००२ तिर अस्ट्रेलियामा “नेप्लीज अस्ट्रेलिया लिंक” भन्ने पत्रिका साथीहरुसँग मिलेर निकालेका थिए । करिब तीन वर्ष पछि सो पत्रिका बन्द हुन पुग्यो । नेपालीहरु समेत अस्ट्रेलियाली राजनीतिमा घुलमिल हुनुपर्दछ भन्ने सोच राखेर थापाले लिबरल फेन्ड्स अफ नेपाल गठन गर्न ठूलै पहल गरे । अहिले उनी आफ्नो कदममा सफल समेत भएका छन् । हालै गठित लिबरल फेन्ड्स अफ नेपालमा उनी कोर्डिनेटर समेत छन् । नेपाली गीतसंगीतलाई माया गर्ने थापा वेलावेला नेपाली गीतहरु गाउन समेत मन पराउँछन् । विशेषतः कार्यक्रममा गितार बजाउनु उनको सोख पनि हो । उनी आइएस्सी अध्ययनरत हुँदा नै विराटनगरमा “द क्रियशन ग्रुप” म्युजिकल व्याण्ड बनाएका थिए । जीवनलाई उनी सकारात्मक रुपमा सोच्नुपर्ने बताउँछन् । भन्छन्– “जीवनको यात्रामा धेरै दःुखसुखका अनुभवहरु सगाल्दै गइन्छ । तर परिस्थिति जे जस्तो परेपनि त्यसलाई सामना गर्न सक्नु नै जीवनको बुझाई हो ।” कुनै पनि उद्वेश्य पुरा गर्न आत्मविश्वास र दृढ संकल्प चाहिने उनको अनुभवले सिकाएको छ । अरुको सेवा गर्दा मनमा छुट्दै आनन्द आउने थापा बताउँछन् । उनी भन्छन्– हाम्रो व्यवसाय पनि एक किसिमको सेवा नै हो । विद्यार्थीका समस्याका बेलिविस्तार सुनिसकेपछि त्यसलाई सहजरुपमा मार्ग निर्देश गर्नु पनि सेवा नै हो । थापाले पैसा भन्दा पनि गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्ने गरेको सुनाए । थापा भन्छन्– “विश्वसनिय सेवा दिएपछि सेवाग्रही आफै खुसी भएर पैसा दिन्छन् ।” थापाले नेप्लीज अस्ट्रेलियन एसोसियशन मार्फत नेपालमा रहेका असाह्य तथा गरिब दुई जना वालवालिकाहरुलाई पढाइरहेका छन् । त्यस्तै पोखराका एक विद्यार्थीलाई कक्षा ६ देखि १० सम्म पोखरामा बस्न र पठनपाठनको शुल्क तिरिदिएका छन् । थापा अस्ट्रेलियालाई कर्मभूमि बनाएपनि नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कसरी सहयोग पु¥याउन सकिन्छ भनेर चिन्तन मनन गर्छन् । अब केही समय भित्रै थापाले आफ्नी कान्छी छोरीको नाममा “पर्ल फाउन्डेसन” खोलेर नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा अझ बढी सहयोग गर्ने योजनामा छन् । उनी भन्छन्– “नेपालका कुनै एनजीओ मार्फत सहकार्य गरी सहयोग गर्ने बिचारमा छु ।” आफ्नो आम्दानीको १० प्रतिशत रकम सो फाउन्डेसनमा जम्मा गर्ने थापाले खुलसा गरे । “हामी सबैले सबैलाई सहयोग गर्न सक्दैनौ तर सबैले कुनै एकलाई सहयोग गर्न सक्छौ” भन्ने रोनाल्ड रेगानको अभिव्यक्तिलाई सक्ने र हुने खानेले आत्मसाथ गरि कार्यन्वयन गर्ने हो, हामी सबैले जन्मभूमिको लागि केही गर्न सकिन्थ्यो कि ? भन्ने धारणा थापाको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्