नेभिगेशन
अन्य

मध्यरातमा ६ बुँदे सहमतिपछि गौरको आन्दोलन फिर्ता

रौतहट । स्थानिय प्रशासनसंग ६ बुँदै सहमति भएपछि रौतहटको गौरमा एकसातादेखि भएको आन्दोलन फिर्ता भएको छ । दोस्रो चरणको आन्दोलन अन्तर्गत चैत्र १८ गतेबाट गौर आन्दोलन चर्किएको थियो । उद्योग वाणिज्य संघको अगुवाईमा सहमति गरिएपछि रातीदेखि आन्दोल फिर्ता लिइएको हो । उद्योग वाणिज्य संघ, स्थानिय प्रशासन र नेपाल पत्रकार महासंघको सहभागितामा राति १२ बजेसम्म चलेको वार्ताबाट निकास निस्किएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष कन्तमणि जयसवालले स्थानीय प्रशासनले आफ्ना मागहरु पूरागर्ने लिखित प्रतिबद्धता गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए । आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारी खर्चमा उपचार, प्रहरीको गाडीको ठक्कर बाट मृत्यु भएका राम अशिष ठाकुरलाई शहीद घोषणाको लागि सिफारिस, मृतकको परिवारलाई तत्कालका लागि ८ लाख रुपैयाँ क्षतिपूतिर्त आश्रित परिवारका एक सदस्यलाई स्थानीय तहबाट सिप अनुसारको रोजगारी, आन्दोलनको क्रममा भएको प्रहरी दमनको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएपछि जारी रहेको आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको उद्योग वाणिज्य संघले जनाएको छ । बन्द फिर्तासँगै स्थानीयले राहत अनुभव गरेका छन । लगातार सात दिनको बन्दपछि मंगलवार राती जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सहमित जुटेको हो । आन्दोलनका कार्यक्रम फिर्ता भएपछि बुधवार विहानबाट गौरको जनजीवन सामान्य बनेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्