काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समिति अष्ट्रेलियामा नयाँ कार्यसमिति बनेको छ । प्रेम सापकोटामा संयोजकत्वमा जनसम्पर्क समितिको अधिवेशन गराउनका लागि १८ सदस्यीय नयाँ कार्यसमिति बनाइएको नेपाली कांग्रेस जनसम्पर्क बिभागको संयोजक एंव केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले जानकारी दिए । व्यापक आर्थिक हिनामिना भएको.भन्दै कार्यसमितीले अध्यक्ष खगेन्द्र सिटौला (सन्तोस) माथि छानबिन प्रक्रिया अगाडि बढाएर लामो समयदेखि सुरेश गुरुङलाई कार्यबहाक अध्यक्षको जिम्मा दिइएको थियो ।
१३ औं महाधिवेशनको मिति समेत नजिक आएको र जनसम्पर्क समितिमा लामो समय देखि विवाद रहेकाले नयाँ अधिवेशन गराउने जिम्मा सहित जनसम्पर्क समितिमा पुर्नगठन गरिएको केन्द्रीय सदस्य जोशीले बताए । उनले भने– ‘१३ औं महाधिवेशन नजिक आयो, जनसम्पर्क समितिमा विवाद भएकाले नयाँ अधिवेशन हुन नसक्ने देखेर सभापति सुशील कोइरालाको निर्देशन बमोजिम जनसम्पर्क समितिलाई पुर्नगठन गरिएको हो ।’
समितिमा खगेन्द्र सिटौला(सन्तोष), सुरेश गुरुङ, अभिमन्यु केसी, किरण गिरि, दिनेशराज जोशी, दुर्गा आचार्य, पुरुषोत्तम मिश्र, पुरुषोत्तम अधिकारी, जानकी पौडेल, नारायण काफ्ले, श्रीराम गिरि, केदार रिजाल, प्रतिज्ञा अधिकारी, पुननाथ घिमिरे, कृष्ण बराल, रमेश कार्की र कञ्चन पोखरेल रहेका छन् ।
कार्यसमितिको पदावधि समेत सकिएको र अध्यक्ष सिटौलाले नयाँ निर्वाचन मिती समेत तोक्न नसकेको अवस्थामा संस्थालाई अगाडि बढाउन उपाध्यक्ष सुरेस गुरुङलाई कार्यवाहक अध्यक्षको रुपमा काम कारबाही अगाडि बढाउन जिम्मेबारी समेत दिइएको थियो । नेपाली कांग्रेसको भातृ संगठनको रुपमा सन १९ जुलाई २००८ मा अष्ट्रेलियाको संघ संस्था दर्ता प्रक्रिया अनुरुप दर्ता भई जनसम्पर्क समिति अष्ट्रेलियाले अष्ट्रेलियामा कार्य गर्दै आएको छ ।