नेभिगेशन
अन्य

एमाले नेता ढकाललाई आज अन्तिम विदाइ

काठमाडौं । आइतबार निधन भएका एमाले युवा नेता रामनाथ ढकालको सोमबार अन्तिम विदाइ हुँदैछ । ढकालको पाथिर्थ शरीर श्रद्धाञ्जलीका लागि आज बिहान पार्टी मुख्यालय बल्खुमा राखिएको छ । सोमबार नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार हुनेछ । ढकाललाई श्रद्धाञ्जली दिनका लागि बिहानदेखि बल्खुमा पार्टीका नेता, कार्यकर्ता, आफन्तजन र शुभचिन्तकको भीड लागेको छ । स्वाइनफ्लुबाटसमेत संक्रमित एमाले पोलिटब्युरो सदस्य रामनाथ ढकालको उपचारका क्रममा आइतबार दिउँसो ग्रान्डी अस्पतालमा निधन भएको थियो । अस्पतालका अनुसार सघन उपचारकक्षमा उपचार गराइरहेका ढकालको दिउँसो १ वजेर ४० मिनेट जाँदा बजे निधन भएको हो । उनको स्वाइन फ्लुमात्र नभएर अरूरोगका कारण निधन भएको अस्पतालले जनाएको छ। अस्वस्थ भएपछि उनलाई चैत १५ गते ग्रान्डीमा भर्ना गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्