नेभिगेशन
अन्य

संघीयता बिनाको संविधान आए मुलुक बिभाजन हुन्छ :कोषाध्यक्ष गजुरेल

विराटनगर । एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले सहमतिमै संविधान निर्माण गर्न जनदबाब दिने उद्देश्यले आन्दोलन गर्न लागिएको बताएका छन् । क्रान्तिकारी पत्रकार सङघ, मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले आन्दोलनको स्वरुप शान्तिपूर्ण हुने बताए । आन्दोलनबाहेक अन्य कुनै विकल्प नदेखिएको र यसमा जनताको पनि समर्थन रहने कोषाध्यक्ष गजुरेलले विश्वास व्यक्त गरे । एमाओवादीलाई चौतर्फी रुपमा घेराबन्दी गरेर कमजोर पार्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै उनले प्रक्रियाको माध्यमबाट संविधान जारी गरियो भने मुलुकमा ठूलो आन्दोलन हुने र मुठभेडको अवस्था सिर्जना हुने स्पष्ट पारे । सङ्घीयतालाई थाती राखेर संविधान निर्माण गर्नुको कुनै औचित्य नरहेको उल्लेख गर्दै कोषाध्यक्ष गजुरेलले सङ्घीयता नभए मुलुक टुक्रिने सम्भावना व्यक्त गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्