काठमाडौं । एमाले नेता एंव सभासद रामनाथ ढकालको निधन भएको छ । स्वाइन फ्लु संक्रमणबाट सिकिस्त एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसांसद ढकालको ग्रान्डी अस्पतालमा उपचार भइरहेको थियो । रुघाखोकी र ज्वरो बढेपछि उनी १३ गते अस्पताल भर्ना गरिएको थियो ।
स्वाइन फ्लुसंगै नियमोनियाको समेत समस्या देखिएको थियो । उनलाई थप उपाचारका लागि दिल्ली लैजाने खोजिएपनि मौसमको खराबीका कारण एयर एम्बुलेन्स अभावमा लान सकिएको थिएन् ।