सिड्नी । अस्ट्रेलियाको सिड्नीमा ग्लोबल आईएमई बैंकको शाखा कार्यालय खुलेको छ । अर्थमन्त्री डा रामशरण महतले बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच सिडनीमा बैंकको उक्त शाखा कार्यालयको उद्घाटन गरेका छन । ग्लोबल आईएमई बैंकले यहाँ बसेका नेपालीहरुको आम्दानीलाई औपचारिक च्यानलबाट नेपाल भित्राउनु उच्च प्राथमिकताको काम हुनुपर्नेमा जोड दिए । ‘अनौपचारिक च्यानलबाट पैसा पठाउनु हुदैन । अनौपचारिक च्यानलबाट पैसा पठाउनु प्रतिष्ठापूर्ण काम होइन,’ उनले भने, ‘रेमिटान्स पठाउने कामका अतिरिक्त दुई मुलुकबीचको व्यापार र लगानीलाई सहजीकरण गर्नुपर्छ ।’ उनले यसका लागि पनि बैंकले प्रभावकारी रुपमा काम गरोस भन्ने मेरो अपेक्षा रहेको बताए । मन्त्रीले महतले बैंकको पहिलो काम रेमिट्यान्स औपचारिक च्यानलबाट पठाउनु नै हो । दोस्रो बैंकले पूर्ण रुपमा शाखाको रुपमा काम गर्ने सफलता प्राप्त गर्न सकोस भनी शुभकामना दिए ।
नब्बेको दशकमा उदार वित्तीय नीति अवलम्वन गरिएपछि नेपालमा वित्तीय क्षेत्रले ठूलो फड्को मारेको र नेपाली बैंकहरु अहिले विदेशमा बजार खोज्दै आफ्नो सेवा विस्तारतिर लागेको जानकारी दिदै उनले यस किसिमको प्रतिस्पर्धात्मक बैंकिङ क्षेत्रको विकासबाट आफूलाई धेरै खुसी लागेको अनुभव सुनाए । ’अव आर्थिक गतिविधिह?को बिस्तारमा जोड दिनुपर्छ,’ मन्त्री महतले भने, ‘हामी सरकारमा जानासाथ आर्र्िकगतिविधिह?को बिस्तारलाई जोड दिएका छौं । अहिले पनि मुलुकमा आर्थिक गतिविधिहरु बढिरहेका छन । जलविद्युतका क्षेत्रमा ठूलो लगानी आकषिर्त भइरहेको छ । होटेल, एयसलाइन्स मात्र होइन सिमेन्ट उद्योग जस्ता उद्योग क्षेत्रमा पनि ठूलो लगानी आइरहेको छ ।’
नेपालमा अहिले पूर्वाधारको विकासलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले भने, ’पोखरा तथा भैरहवा क्षेत्रीय विमानस्थल, निजगढको अन्तर्रा्ष्ट्रिय विमानस्थल, काठमाडौं तराई जोड्ने द्रुत राजमार्ग जस्ता ठूला आयोजनाह?का अतिरिक्त ग्रामीण क्षेत्रका पूर्वाधारको विकासलाई समेत जोड दिइएको छ ।’ मन्त्री महतले सरकारमा आउनासाथ आर्थिक गतिविधिह?को विस्तारको वातावरण बन्ने गरेको बताउँदैं विगत दुई बर्षयता निरन्तर ५ प्रतिशतभन्दा बढी आर्थिक बृद्धि हुनु यसको उदाहरण भएको बताए । उनले जुन ढंगले लगानी बढिरहेको छ, यसलाई हेर्दा आगामी दिनमा आर्थिक बृद्धिले अझ गति लिने बताए ।
’राजनीतिक अस्थिरता, हिंसात्मक द्वन्द्व र संक्रमणकालमा पनि हिंसाको संस्कृति जारी रहेकोले आर्थिक विकासमा केही अवरोध पक्कै हुने गरेको छ,’ मन्त्री महतले थपे, ’तर अब हामीले यसलाई चिर्दै अगाडि बढ्नुपर्छ । आर्थिक प्रगति नगरी कहीं कतै इज्जत नपाइने भएकोले पनि हामीले द्रुततर आर्थिक विकास गर्न आवश्यक छ । यसका लागि हामीले नकारात्मक सोचको मानसिकतालाई परिवर्तन गर्नुपर्छ । हामी आफैले विकास गर्न सक्छौं भन्ने आत्मविश्वास बढाउनुपर्छ ।’
अर्थमन्त्री डा महतले नब्बेको दशकमा भएको राजनीतिक परिवर्तनपछि पासपोर्ट सहजरुपमा दिन थालिएको र संसारभर नेपाली डायसपोराहरुको प्रभाव बढेको र नेपालीह?ले संसारमै उत्कृष्ठ काम गर्न थालेको बताए । उनले विदेशमा बस्ने नेपालीह?लाई आ आफ्नो क्षेत्रमा अझ उत्कष्ठ काम गरेर नेपालको इज्जत बढाउन आग्रह गरे ।
संविधान निर्माणमा भैरहेको प्रगतिका बारेमा बोल्दै महतले सहमति हुन सक्दैन भने प्रक्रियामा जान सहमत हुनुपर्ने बताए । ’दुई तिहाईभन्दा बढी जनप्रतिनिधिह? संबिधान ल्याउने पक्षमा छन । छिटो संबिधान जारी गरी आर्थिक एजेण्डामा मुलुक केन्द्रित हुनुपर्छ,’ महतले भने । अस्ट्रेलियाको बार्टन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद निक भरभरिसले प्रतिनिधि कार्यालय स्थापना गरेकोमा ग्लोबल आईएमई बैंकलाई बधाई दिदै नेपाल र अस्ट्रेलियाबीचको उत्कृष्ठ सम्वन्ध रहेको चर्चा गरे । उनले नेपालमा अस्ट्रेलियाका पर्यटक भ्रमण, जलविद्युत तथा पर्यटनको विकासको संभावनाबारे चर्चा गरेका थिए ।
यसअघि बैंकको कार्यालयमा आयोजित कार्यक्रममा अर्का सांसद तथा अर्थ समितिका सभापति साम दस्तयारीले अस्ट्रेलियामा विदेशी बैंक आउदा प्रतिस्पर्धी सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गर्दै बैंकलाई पूर्ण बैंकिङ कारोबार सञ्चालन गर्नका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए । अस्ट्रेलियाका लागि नेपाली राजदूत ?द्रकुमार नेपालले ग्लोबल आईएमई बैंकको प्रतिनिधि कार्यालयले यहाँ रहेका नेपालीह?माझ प्रभावकारी वित्तीय सेवा दिनेछ भन्ने विश्वास व्यक्त गर्दै भावी दिनको लागि पूर्ण सफलताको शुभकामना दिए ।
बैंकका अध्यक्ष चन्द्र ढकालले आफू विगत डेढ दशकदेखि विदेशमा बस्ने नेपालीह?सँग नजिकबाट सम्वन्ध स्थापित गरी काम गर्दै आएको जानकारी दिदै भने, ’सिड्नीमा ग्लोबल आईएमई बैंकको प्रतिनिधि कार्यालयको स्थापना नेपालीह?लाई वित्तीय सेवा दिने अधियानकै अर्को कदम हो । रेमिटान्स नेपाल पठाउँदा प्रति कारोबार २५ डलर लाग्ने गरेकोमा नेसनल अस्ट्रेलिया बैंकसँगको सहकार्यमा हामीले ७ डलरमै कारोबार गरिदिने सुविधा उपलब्ध गराएर यसको शु?आत गरेका छौं ।’ सो अवसरमा गैरआवासीय नेपाल संघका अध्यक्ष शेष घलेले ग्लोबल आईएमई बैंकले सिड्नीमा आफ्नो प्रतिनिधि खोलेर सेवा विस्तार गरेकोमा बधाई दिदै यहाँबाट नेपालमा रेमिटान्स कारोबार बढाउन बैंकले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । अस्ट्रेलियामा लामो समयदेखि बसोबास गर्दै आएकी समाजसेवी इन्द्रा वनले सिड्नीमा प्रतिनिधि कार्यालय खोलेकोमा ग्लोबल आईएमई बैंकलाई बधाई दिदै यस बैंकले विशेषगरी नेपालीह?लाई प्रभावकारी सेवा दिने विश्वास गरिन । सो बैंकका नायव कार्यकारी प्रमुख जनक शर्मा पौड्यालले देशभित्र मात्र होइन, ग्लोबल आईएमई बैंक अव अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न निस्केको र यो मुलुककै लागि गौरवको विषय भएको उल्लेख गरे ।
सो कार्यक्रममा अस्ट्रेलियन प्रडेन्सियल रेगुलेसन अथोरिटी आप्राका जेनिफर वाल्डिङ, क्रिस भिक र बैंकका सञ्चालक सुह्रिद घिमिरेले पनि बोलेका थिए । आठ बर्ष अघि स्थापित ग्लोबल बैंकको अर्थमन्त्री डा महतले नै उद्घाटन गर्नुभएको र अहिले विदेशस्थित पहिलो प्रतिनिधि कार्यालयको पनि उनँले नै उद्घाटन गर्नुभएको स्मरण गरेका थिए । सो अवसरमा दिइएको जानकारीअनुसार ५ अर्ब १० करोड चुक्ता पुँजी रहेको यस बैंकको निक्षेप करिब ५८ अर्ब र कर्जा लगानी ४९ अर्ब रहेको छ । देशभर बैंकका ८५ वटा शाखा कार्यालयह? विस्तार गरी सेवा र्पुयाइरहेको जनाइएको छ