नेभिगेशन
अन्य

ईपीएस भाषा परीक्षामा ७ हजार उतीर्ण गराउने तयारी

काठमाडौ । दक्षिण कोरियाको मानव संशाधन विकास (एचाआरडी( ले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष लिने कोरियन भाषा परीक्षामा ७ हजार एक सय युवा उतीर्ण गर्ने भएको छ । यो वर्षको छैठौं भाषा परीक्षा जेठ ३० र ३१ गते पोखरा र काठमाडौमा हुँदैछ । कोरियाली रोजगारदाताको उच्च प्राथमिकतामा नेपाली कामदार पर्दै गएकाले यो वर्षको परीक्षामा गत वर्ष भन्दा करिब दोब्बर बढी उतीर्ण गराइन लागेको छ । गत वर्षको परीक्षामा ३ हजार ६०० उतीर्ण भएका थिए । यो वर्षको परीक्षामा कृषि क्षेत्रतर्फ करिब २२ सय र औद्योगिक क्षेत्रतर्फ करिब ४९ सय नेपाली युवा उतीर्ण हुने ईपीएस सेन्टर नेपालले जनाएको छ । ईपीएसमार्फत १५ मुलुकबाट कोरिया जाने गर्छन् । कोरियामा कार्यरत नेपालीमध्ये ४.५ प्रतिशत अवैध छन् । यो वर्षको भाषा परीक्षाको फर्म वैशाख ३ देखि ६ गतेसम्म संकलन हुनेछ । काठमाडौ उपत्याकामा ४ केन्द्र तथा धरान, बुटवल, पोखरा, डडेलधुरा र धनुषाको जनकपुरबाट पनि र्फम वितरण हुनेछ । परीक्षा केन्द्र काठमाडौ उपत्यका र पोखरामा हुनेछन् । नेपाल र कोरियाबीच सन् २००७ मा द्विपक्षीय श्रम सम्झौता भई सन् २००८ बाट कामदार जान सुरु भएको हो । हालसम्म करिब २८ हजार युवा ईपीएसमार्फत कोरिया पुगिसकेका छन् । कारोबार दैनिकमा खबर छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्