काठमाडौं । महानगरीय प्रहरी परिसरको कार्यालय काठमाडौं उचित स्थानमा स्थानान्तरण गर्ने विषयमा संसदीय समितिले छलफल गर्ने भएको छ। संसदको राज्य व्यवस्था समितिको सचिवालयमा यस विषयमा आवश्यक छलफलका लागि गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतका सम्बन्धीत निकायका पदाधिकारीहरुलाई आगामी बिहीबार छलफलका लागि डाकेको हो।
समिति सचिवालयका अनुसार, परिसरको विद्यमान कार्यालय विविध कारणले उपयुक्त स्थानमा नरहेको भन्दै समिति गुनासाहरु आएपछि यस परिसरको कार्यालयलाई स्थानान्तरण गर्ने विषयमा छलफल गर्न लागिएको हो।
हनुमान ढोका जिल्ला प्रहरी कार्यालयको नामले चर्चित परिसरको कार्यालय सहरको अतिव्यस्त स्थान नजिकमात्रै नभई पुरातात्विक र ऐतिहासिक हनुमान ढोका दरबार नजिकमा रहेको छ।