तनहुँ । नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले ३० दलीय मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालाको नाम लिएर कहिलेकाँही रोएजस्तो गर्ने गरेको बताएका छन् । कोइरालाले देखाएको बाटोमा दाहाल हिंड्न नचाहेकाले सहमति हुन नसकेको उनको धारणा थियो । ‘आज गिरीजाबाबु भएको भए हाम्रो कुरा मान्दिनुहुुन्थ्यो भन्नुहुन्छ भने जनतालाई तपाईंहरु ढाँट्दै हुनुहुन्छ । उहाँले देखाएको बाटोमा हिड्नुस् न’, उपसभापति पौडेलले भने, ‘गिरिजाबाबुको नाम बारम्बार दाहालजी लिनुहुन्छ । उहाँको नाम जपेर कहिलेकाँही रोएजस्तो पनि गर्नुहुन्छ । उहाँले देखाएको बाटोमा तपाई किन हिड्नुहुन्न रु मेरो यो प्रश्न छ ।’
राज्य पुर्नसंरचना गर्दा, संघीय प्रदेश बनाउँदा गिरिजाबाबुले भन्ने गरेका कुरालाई ध्यान दिने हो भने सहमति भई हाल्ने पनि उपसभापति पौडेलले बताए । गिरिजाप्रसाद कोईरालाको सिद्दान्तमा अडिएर सहमति गर्दा सहजै सहमति हुने उनले बताए । ‘अब तपार्इंहरु यस्तो घुक्र्याउने कुरा नगर्नूस्,ु उपसभापति पौडेलले भने, ुगिरिजाप्रसाद भएका भएपनि यही गर्नुहुन्थ्यो । जो हामीले गर्दै छौं ।’
आफुहरु सहमतिको पक्षमा रहेपनि एमाओवादीलगायतका केही दलले वार्तामा नै बस्न नचाहेकाले सहमति हुन नसकेको उनले बताए । एमाओवादीले दुई तिहाई मतको बहुमतलाई दम्भ र अहंकार भनेर व्याख्या गर्नु अधिनायकबाद प्रवृत्ति भएको उनले बताए ।