नेभिगेशन
अन्य

एसिड हान्ने व्यक्ति पक्राउ, प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै

काठमाडौं । प्रहरीले काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्दै गरेका छात्रामाथि भएको एसिड आक्रमण गर्नेलाई पक्राउ गरेको छ । जीवन बिक नाम गरेको व्यक्तिलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरी स्रोतले जनाएको छ । यही वर्ष एसएलसी दिने तयारीमा रहेका रामेछाप घर भई वसन्तपुर बस्ने १६ वर्षीया सङगीता मगर एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् । सङ्गिताको छाती, पेट र खुट्टा पोलेको छ । सीमाको अनुहारमा एसिड प्रहार गरिएको थियो । गम्भीर घाइते भएकी सिमालाई काठमाण्डौ सिनामङ्गल स्थित के एम सी अस्पतालमा उपचार भइरहेको छ । यसअघि प्रहरीले स्केच बनाएर शंकास्पद केहीमाथि निगरानी गरेको थियो । पीडित विद्यार्थी र ट्युसन सेन्टर नजिकैका स्थानीयसँगको छलफल र बयानका आधारमा प्रहरीले बनाएको स्केच बनाएको थियो । आक्रमणकारीले लगाएको कपडाको रंग, हिँडाइ र कुँदाइका आधारमा केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको थियो । प्रहरीले यो घटनामा प्रेमसम्बन्ध, साथीहरुबीच झैंझगडा वा मनमुटाब, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबीजस्ता विषयमा केन्द्रीत भएर अनुसन्धान गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्