नेभिगेशन
अन्य

गर्भनर नियुक्तीका लागि मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तीका लागि मन्त्रीपरिषदको बैठक बस्दैछ । दिउसो बस्ने मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्रबैंकको सिफारिसमा परेका मध्ये ३ जनामध्येबाट एक जनाको नियुक्ती गर्नेछ । मन्त्रीपरिषदद्धारा गर्भनर सिफारिसका लागि गठित समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनालाई मन्त्रीपरिषदले गर्भनरमा नियुक्ती गर्ने व्यवस्था रहेको छ । समितिले नयाँ गर्भनरका लागि चिरञ्जीवी नेपालसहित गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । सिफारिस समितिको अर्थमन्त्री संयोजक राष्ट्रबैंकको पहिलो गर्भनर हिमालय शम्सेर राणा र राष्ट्रबैंक पूर्वसञ्चालक पार्थिवेश्वर तिमल्सिना गठन भएको थियो । हालका गर्भनर युवराज खतिवडाको म्याद आज सकिदैछ । यसैबीच मन्त्रीपरिषद बैठकमा स्वस्थ्य मन्त्री खगराज अधिकारीले भिआइपीको उपचार सम्बन्धी प्रस्ताव समेत बैठकमा लैजाने तयारी गरेको एक मन्त्रीले बताए । भिआइपीको बिदेशमा गरेको उपचार खर्च राज्यले नबेहोर्ने प्रस्ताव स्वास्थ्य मन्त्रीले बैठकमा लैजाने तयारी गरेको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्