काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई राति नै अस्पताल भर्ना गरिएको छ । पक्राउ गरेको केही घण्टामै छातिमा समस्या देखिएपछि उनलाई सहीद गंगालाल अस्पताल लगिएको उनी निकट स्रोतले जनाएको छ । अस्पतालमा उनको उपचार जारी छ । उनी हिजो साँझ ७ बजे पक्राउ परेका थिए । उनले पञ्चायतकालमा भ्रष्टाचार मुद्दामा पाएको कैद मिनाहा भैसकेको दावि सहित रिट दिएका थिए । उनलाई तत्काल पक्राउ गर्न नपर्ने भनि यस अघि सर्वोेच्चले दिएको आदेशलाई कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मंगलबार बदर गरेका थिए । पूरानो फौजदारी मुद्दामा तत्काल पक्राउ गर्न निमल्ने भन्ने यसअघिको फैसलालाई मंगलबार सर्वोेच्च अदालतले उल्ट्याए लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।