नेभिगेशन
अन्य

आज विश्वकप फुटबलको छनोटका लागि नेपालको अग्नी परीक्षा

काठमाडौ । सन् २०१८ को विश्वकप फुटबलको प्रारम्भिक छनोट खेल आज दशरथ रंगशालामा हुँदैछ । आजको खेलमा नेपालको अग्नी परीक्षा हुदैछ । भारतको गुवाहटीमा भएको खेलमा भारतसँग २–० ले पराजित भएको नेपालले आजको खेल कम्ती ३–० को अन्तरले जित्नुपर्नेछ । पहिलो लेगको खेल भारतको गुवाहटीमा भएको थियो भने दोस्रो लेगको खेल काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । यसअघि भारतसँग भएको १६ खेलमा नेपालले ३ खेलमा मात्रै जित हासिल गरेको छ । भारतसँग हुन लागेको विश्वकप छनोटको महत्वपूर्ण खेल आयोजनाको तयारी सवै पूरा भएको अखिल नेपाल फुटवल संघ एन्फाले सोमवार नै पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । दिउँसो ३ बजेदेखि सुरु हुने उक्त खेल दर्शकका लागि दुई प्याराफिटको छुट्टाछुट्टै टिकट ब्यवस्था गरिएको छ । भीआई प्याराफिटका लागि १५ सय रुपैयाँ र साधारण प्याराफिटको लागि ७ सय रुपैयाँको टिकट ब्यवस्था गरिएको एन्फाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्