नेभिगेशन
अन्य

बलिउड अभिनेता शारुख खान नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान आइतबार नेपाल भ्रमणमा आउँदैछन् । यसअघि नै खान नेपाल आउने कार्यक्रम तय भएपनि हुन सकेको थिएन । चर्चित बलिउड अभिनेता खान आइतबार अपरान्ह ३ बजे निजी विमानबाट काठमाडौं आउन लागेको बताइएको छ । आइतबार साँझ कान्साई न्यारोल्याकको भिआईपी लेभलको कार्यक्रममा उपस्थिति जनाउन खान नेपाल आउन लागेका हुन् । उनले आइतबार साँझ पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन् । उनको सुरक्षालाई लिएर सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले जानकारी दिए । आइतबार नेपाल भ्रमणमा आउन लागेका खान सोमबार विहान ९ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाली नागरिकता बोकेर बिमानस्थलमा भिषा लिनुपर्ने अवस्थाको अन्त हुनुपर्छ : संग्रौला

नेपाली नागरिकता बोकेर बिमानस्थलमा भिषा लिनुपर्ने अवस्थाको अन्त हुनुपर्छ : संग्रौला

बीचार र आस्थाको राजनिती केन्द्रित नेपाली राजनितीले अब बिकास र निकासको वाटो खोज्नु पर्ने बेला आएको संग्रौलाको कथन थियो ।