नेभिगेशन
अन्य

अस्ट्रेलियाले विश्वकपमा बनायो दुई ठूला कीर्तिमान

अष्ट्रेलिया । आयोजक अस्ट्रेलियाले विश्वकप क्रिकेटमा दुई ठूला कीर्तिमान आफ्नो नाममा लेखाएको छ । बुधबार भएको खेलमा अफगानिस्तानलाई २७५ रनले पराजित गरेसँगै अस्ट्रेलियाले दुई कीर्तिमान बनाएको हो । अस्ट्रेलियाको नाममा विश्वकप इतिहासमा नै एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान र सर्वाधिक फराकिलो अन्तरको जितको कीर्तिमान बनेका छन् । यसअघि यो कीर्तिंमान भारतको नाममा थियो । भारतले सन् २००७ मा बर्मुडाविरुद्ध ४१३ रन बनाएर २५७ रनको जित हासिल गरेको थियो । बुधबार अस्ट्रेलियाले अफगानिस्तानविरुद्ध ४१७ रन बनाउँदै २७५ रनको जित निकालेको छ । अफगानिस्तान ४१८ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा ३७.३ ओभरमा १४२ रनमा अलआउट भयो । अफगानिस्तानका नारोज मंगलले सर्वाधिक ३३, नाजिबुल्लाह जद्रानले २४, समिउल्लाह सेनवारीले १७, जाभेद अहमदीले १३, उस्मान घानीले १२ रन जोडेका थिए । अस्ट्रेलियाका मिचेल जोन्सनले ४, मिचेल स्टार्स र जोसले समान २–२ तथा माइकल क्लार्कले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४१७ रन बनाएको थियो । अस्ट्रेलियालाई बिशाल योगफलतर्फ डोहोर्याउन डेभिड वार्नरले १७८ रन बनाएका थिए । उनले १३३ बलमा ५ छक्का र १९ चौका सहित उक्त स्कोर खडा गरेका हुन् । यस्तै स्टेभन स्मिथले ९५, ग्लेन म्याक्सवेलले ८८ रन बनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्