नेभिगेशन
अन्य

गणेश थापामाथि छानबिन गर्न फिफालाई आग्रह

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाका गलत काम र आर्थिक हिनामिनाको पूर्ण छानविन गर्न एन्फाका उपाध्यक्षहरुले विश्व फुटबल महासंघ (फिफा)लाई आग्रह गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २३ गते थापाविरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो। अख्तियारको निर्णय सार्वजनिक भएपछि एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र विजयनारायण मानन्धरले छानविनका लागि पुनः फिफाको इथिक्स कमिटीलाई आग्रह गरेको हो। उनीहरुले थापाविरुद्ध यसअघि पनि फिफामा उजुरी हालेका थिए। अख्तियारबाट सफाइ पाएपछि थापाले चार महिना फुटबलका सबै खाले गतिविधिबाट अलग रहने स्वयम् घोषणा गरेको म्याद अर्को साता सकिदैछ। थापाले आफै अलग हुन चाहेको कात्तिक १८ गते फिफाले आफ्नो बेवसाइडमा उल्लेख गरेको थियो। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्