नेभिगेशन
अन्य

झापाको बिकासका लागि अष्ट्रेलियामा सांगीतिक कार्यक्रम

अष्ट्रेलिया । झापा जिल्लाको विकासका लागि अष्ट्रेलियाको सिड्नीमा शनिबार साँझ आयोजित सुमधुर सांगीतिक कार्यक्रमबाट करिब १२ लाख संकलन गरिएको छ । झापा जिल्लाको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । उक्त साँझमा अष्ट्रेलियामा रहेका स्थानीय नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुतिका साथ अन्य विभिन्न कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । झापा जिल्लामा जन्मेर अष्ट्रेलियामा बसिरहेका गरिरहेका झापालीहरुको संगठन झापाली समाज अष्ट्रेलियाले आयोजना गरेको उक्त कार्यक्रमबाट करिब १२ लाख रुपैयाँ संकलन गरिएको थियो । कार्यक्रममा संकलन गरिएको रकम झापा जिल्लाको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष तथा कार्यक्रमका संयोजक दिनेश पोखरेलले जानकारी दिए । उनले संकलित रकमलाई आवश्यक क्षेत्रको पहिचान गरेर लगानी गरिने बताए । करिब ४ सयको सहभागिता रहेका उक्त कार्यक्रममा अष्ट्रेलियाका गायक गायिकाहरु राजकुमार गोश्वामी, ईश्वर पोखरेल, बिभु थपलिया, मोक्षदा सिलवाल, आशीष श्रेष्ठ लगायतले सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए भने हाँस्य कलाकार भूपेन्द्र चुडालले समयसापेक्ष विभिन्न चुट्किला सुनाएर मनोरञ्जन प्रदान गरेका थिए । करिब ४ घण्टासम्म चलेको उक्त कार्यक्रममा गायक गायिकाहरुले नारायण गोपाल, तारादेवी, अरुणा लामा, अरुण थापालगायतका नेपालका मुर्धन्य सांगीतिक हस्तीहरुको गीत गाएर सुनाएका थिए । कार्यक्रममा सहभागीहरुले स्थानीय कलाकारहरुबाट आयोजना गरिएको भएपनि कार्यक्रम उत्कृष्ट रहेको बताए । ुवास्तवमा हामीले विदेशमा कार्यक्रम गर्न नेपालबाट नाम चलेका कलाकारहरु नै चाहिन्छ भन्ने सोचलाई असफल बनाइदिएका छौं,ु समाजका कोषाध्यक्ष अशोक ओलीले भने, ुयस्तो कार्यक्रमले स्थानीय कलाकारहरुलाई समेत हौसला र परिचय दिन्छ भन्ने हाम्रो विश्वास छ ।ु झापाली समाजले पछिल्लो समयमा झापा जिल्लामा विविध सहयोग गर्दै आएको छ । मेची किनारमा कन्काई शवदाह गृह निर्माणका लागि ५ लाख १८ हजार ५ सय ५५ रुपैयाँ, झापा ११ फुटबल टिमलाई २ लाख ११ हजार रुपैयाँका साथै अन्य विभिन्न विकास कार्यहरु सम्पन्न गरिसकेको छ । यस कार्यक्रमबाट संकलन भएको रकमले ग्रामिण भेगमा रहेका र भौतिक सुविधा नपुगेका बिद्यालयहरुलाई कुनै विशेष कार्यक्रम मार्फत सहयोग गर्ने योजना रहेको संस्थाका ईन्द्र न्यौपानेले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्