नेभिगेशन
अन्य

अख्तियारद्धारा गणेश थापालाई सफाई !

काठमाडौं । भ्रष्टाचारको आरोप लागेका गणेश थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ। अख्तियारको सफाइसँगै संविधानसभाका सदस्यसमेत रहेका थापाविरूद्धको उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको हो। फुटबलका लागि विश्वको सर्वोच्च संस्था फिफा र अन्य निकायबाट प्राप्त सहयोगबाट ५८ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोप लागेका थापालाई अख्तियारले सफाइ दिएको हो। पछिल्ला वर्षहरुमा एन्फामा भएको आर्थिक हिनामिनासम्बन्धी आरोप झेलिरहेका एसियाली फुटबल महासंघ एएफसीका उपाध्यक्षसमेत रहेका थापालाई अख्तियारको यस निर्णयले राहत मिलेको छ। थापासहित एन्फा कोषाध्यक्ष विराटजंग शाहीलाई पनि अख्तियारले सफाइ दिएको छ। अख्तियारले थापालाई सफाइ दिएकोबारे निर्देशनसहित पत्राचारसमेत गरेको छ। एन्फाका कार्यसमितिका असन्तुष्ट पदाधिकारीले अध्यक्ष गणेश थापाविरुद्ध आर्थिक अनियमितताको आरोप लगाउँदै अख्तियारलगायत सरोकारवाला विभिन्न निकायमा मुद्दा दायर गरेका थिए। यही आरोपमा विश्व फुटबलको सर्बाच्च निकाय फिफाको अनुशासन समितिले पनि अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्