नेभिगेशन
अस्ट्रेलिया समाचार

अस्ट्रेलियाको डिग्री नेपालमै

नेपालबाट अस्ट्रेलिया पढ्न आउन चाहने विद्यार्थीहरुले अबका दिनमा प्रारम्भिक कोर्ष नेपालमै गर्न पाउने भएका छन् । विगत ७ वर्षदेखि अस्ट्रेलियाको सिड्नीमा शैक्षिक परामर्शदाताको रुपमा कार्य गर्दै आएका किर्तु केसी (डाइरेक्टर विज एजुकेशन) को पहलमा नेपालको काठमाडौं र पोखरामा उक्त कार्षको अध्ययन गत डिसेम्बर महिनादेखि शुरु भैरहेको छ । विशेष गरी नेपाली विद्यार्थी र अभिभावकको मागवमोजिम आरम्भ गरिएको उक्त पहिलो चरणको कोर्षमा काठमाडौंमा २) जना र पोखरामा १२ जना विद्यार्थीहरुले अध्ययन गर्दैछन् । कोर्षको ७५ प्रतिशत अध्ययन अनलाइन माध्यमबाट र बाँकी अध्ययन कक्षाकोठामा शिक्षक शिक्षिकाबाट गराइँदै आएको छ । किर्तु भन्छन् – विद्यार्थीहरुलाई सहज रुपमा यहाँको वातावरणमा घुलमिल हुन कसरी सकिन्छ भन्ने मात्र होइन कामको खोजी तथा बस्ने, खाने लगायत आदि इत्यादिका बारेमा समेत दिक्षित बनाइनेछ । यसबाट आप्mनो घरपरिवार छोडेर सात समुन्द्रपार आउँदा विद्यार्थीहरुलाई होमसिक कम हुने, अध्ययन र कामलाई सँगसँगै लैजाने तथा आप्mनो करियरलाई कम खर्चमा नेपालमै अस्ट्रेलियन डिग्री त्यो पनि यहाँ नौ महिनादेखि १२ महिना लाग्ने कोर्षलाई साढे पाँच महिनामै सक्दा पनि कलेजले १ वर्षको क्रेडिट दिन्छ र त्यसको आधारमा विद्यार्थी सिधै ब्याचलरको दोश्रो वर्षमा भर्ना हुन योग्य हुन्छ –किर्तु भन्छन् । पढाइका तौरतरिकाबारे प्रष्ट पार्दै किर्तु भन्छन् – प्रोजेक्टरको माध्यमबाट विद्यार्थीलाई कक्षाकोठामा राखेर अस्ट्रेलिया र इण्डियाबाट लेक्चर दिइन्छ । विद्यार्थीलाई कोर्षको मात्रै ज्ञान नदिएर अस्ट्रेलियाबाट अनुभव बटुलेकाहरुको भनाइलाई भिडियोमार्फत् कक्षामा प्रस्तुत गरिन्छ, अस्ट्रेलियाको नियमकानुन तथा ट्रेनिङ र तयारका बारेमा समेत विद्यार्थीलाई जानकारी गराइन्छ । त्यतिमात्र होइन अभिभावकहरुलाई समेत यहाँ विद्याथर््ी जीवन दुःख, सुख, आम्दानी, खर्च राम्र्रा नराम्रा आदिका बारेमा काउन्सिलिङ गरिन्छ । यसरी दिएको सल्लाहबाट विद्याथर््ी मात्र होइन अभिभावकलाई समेत मानसिक रुपमा कमजोर हुनबाट रोक्ने विश्वास लिइएको छ । मैले अगाडि बढाउनुपर्छ भन्ने हिम्मतको विकास गर्ने विश्वास लिइएको छ । हो वास्तवमै विद्यार्थीको रुपबाट यहाँ आउँदाका शुरुका दिनहरु धेरैका लागि कठिन मात्रै होइन यातनाजन्य पनि भएका छन् । एकदमै सामान्य लाग्ने तर सबैको दैनिक जीवनमा महत्वपूर्ण पाटोको रुपमा रहँदै आएको सुरुमै आउँदा कहाँ बस्ने, केबाट दैनिकी सुरु गर्ने, ट्रेनको टिकट कसरी काट्ने, बाटो क्रस गर्दा अपनाइनुपर्ने सावधानीका बारेमा समेत कक्षामा विद्यार्थीलाई जानकारी गराइन्छ । फेडरेशन युनिभरसिटी अन्तरगतको ब्त्ःऋ (अस्ट्रेलियन टेक्निकल एण्ड म्यानेजमेण्ड कलेज)द्वारा संचालनमा ल्याइएको २४ हप्तो उक्त अध्ययन गर्न चाहने विद्यार्थीले क्ष्भ्ीत्क् को सट्ट कलेजबाट लिने भ्लनष्किज त्भकत उत्र्तीर्ण गरे पनि कोर्षका लागि योग्य हुनेछन् । डिप्लोमा इन बिजनेश र डिप्लोमा इन इन्फरमेसन टेक्नोलोजी विषयको अध्ययनका लागि विद्यार्थीले २( सय अस्ट्रेलियन डलर तिर्नुपर्दछ । यदि यही विषय अस्ट्रेलियामा अध्ययन गर्ने हो भने ६ हजार डलर तिर्नुपर्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।