नेभिगेशन
मोडल

मोडल अंकिता सिटौला

सानैदेखि मोडलिङको क्षेत्रमा लाग्ने सोंच बनाएकी अंकिताले समयले साथ दिएमा आगामी दिनमा मोडलिङ र कलाकारिता क्षेत्रलाई अगाडि बढाउने बताउँछिन् । युएनएद्वारा २०१४ मा सिड्नीमा सम्पन्न मिस्टर एण्ड मिस नेपाल अस्ट्रेलियामा प्रतिष्पर्धीको रुपमा भाग लिएकी उनले हालै सिड्नीमा सम्पन्न फिजी फेस्टिभलमा फेशन सोमा समेत भाग लिइन् । नयाँनयाँ ठाउँमा घुम्न मन पराउने अंकितालाई स्वीमिङ गर्न र रोमान्टिक खालका पुस्तकहरु पढ्न मनपर्छ । फरकफरक स्वादका खानाका परिकार मन पराउने अंकिताले काठमाडौंको चाबहिलस्थित बागमती बोर्डिङ स्कुलबाट एसएलसी तथा ग्लोबल कलेजबाट प्लस टु सकेकी छन् । उच्चशिक्षाका लागि सन् २०१२ मा अस्ट्रेलिया आएकी उनले एकाउन्टिङमा ब्याचलर्सको अध्ययन पूरा गरिसकेकी छिन् । समाजसेवा रुचि रहेको बताउने अंकिता भविष्यमा मोडलिङको माध्यमबाट समाजसेवामा लाग्ने बताउँछिन् । sitoula  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्